सामाजिक सेवा हुँदै व्यावसायिक यात्रामा अञ्जु

सामाजिक अभियान्ता अञ्जु केसीले महिलालाई लक्षित गर्दै पोखरा ९ को निभा गल्लीमा दिदीबहिनी कलेक्सन एन्ड बुटिक सञ्चालन गरेकी छन् । यही जेठ १ गतेबाट सञ्चालनमा आएको बुटिकमा साँची र तेजो व्राण्डका प्रिमियम गुणस्तरका कुर्था, साडी, लेहङ्गा, टप्स लगायतका कपडा पाइन्छन् ।

अग्रज होलसेल व्यवसायी शेखर शर्माले दिदीबहिनी कलेक्सन उद्घाटन गरे । शर्माले अहिलेको विषम अवस्थामा पनि नयाँ व्यवसाय सुरुआत गर्नु र त्यसबाट भविष्य देख्नुले सफलतालाई सहज बनाएको बताए ।

सञ्चालक अञ्जुले सामाजिक क्षेत्रसँगै आत्मनिर्भर भएर अघि बढ्न आयआर्जन जरुरी हुने भएकाले व्यावसायिक क्षेत्रमा पाइला चालेको बताइन् । पोखरा ५ की पूर्वजनप्रतिनिधि अञ्जु नारी जागरण अभियानकी संयोजकसमेत हुन् । व्यवसायसँगै उद्यमशीलता,र उत्पादनलाई प्रोत्साहन र महिला सशक्तीकरणको अभियान जारी राख्ने उनको प्रण छ ।

दिदीबहिनीको सुरुआतको अवसरमा एक हप्तासम्म विशेष छुटको व्यवस्था रहेको उनले बताइन् ।