समाचार

गण्डकीका पत्रकारलाई लेखनवृत्ति

गण्डकी प्रदेशमा सक्रिय पत्रकारहरूलाई लक्षित गर्दै प्रेस रजिष्ट्रारको कार्यालयले लेखनवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको छ। खोजमूलक, अनुसन्धानमूलक तथा विश्लेषणात्मक सामग्री उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको कार्यालयले जनाएको छ। प्रेस रजिष्ट्रार विमला भण्डारीका अनुसार लेखनवृत्ति वितरणका लागि आवश्यक कार्यविधि तयार पारिएको छ र इच्छुक पत्रकारहरूबाट आवेदन माग गर्दै १५ दिने सूचना प्रकाशन भइसकेको छ। कार्यक्रममा सहभागी हुन प्रदेशभित्रका सञ्चारमाध्यममा कार्यरत पत्रकार हुनुपर्नेछ भने कम्तीमा तीन वर्षदेखि सक्रिय स्वतन्त्र पत्रकारले पनि… पुरा पढौ

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क लिने निजी विद्यालयले शुल्क फिर्ता गर्न अटेर गरेको पाइएमा कानुनअनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ । केही संस्थागत विद्यालयले प्रचलित कानुन तथा सम्मानित सर्वोच्च अदालतको आदेश विपरीत हुनेगरी शैक्षिकसत्र प्रारम्भ हुनपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्नेगरेको कार्य सच्च्याउन यही चैत २२ गते निर्देशन दिइएको थियो । केही संस्थागत विद्यालयबाट अझै पनि… पुरा पढौ

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । उनीहरू हाल नेपालबाहिर रहेका छन् । गत २४ भदौमा जेन–जी विद्रोहका क्रममा देउवाको निवासमा आगजनी भएको थियो । त्यसक्रममा उनको निवासमा पैसा जलेको अवस्थामा भेटिएको थियो । सोही दिनको घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले… पुरा पढौ

आलु महोत्सवको तयारीमा हेमजाली

File Photo पोखरा उपमहानगरलाई महानगर बनाउँदा यसमा गाभिएका दश गाविसमध्ये हेमजा पनि एक हो । गाविसबाट महानगर बनेपछि हेमजाको पृथक पहिचान गुमाएको यो क्षेत्रको अर्काे मौलिक पहिचान पनि हराउँदै जाने जोखिम बढेको छ । …आलु गाउँÚका रुपमा चर्चित हेमजामा सहरीकरण बढ्दै जाँदा आलु खेती घट्दै गएको छ, घरहरु बढ्दै गएका छन् । पछिल्लो १० वर्षमा हेमजा क्षेत्रमा ५२.१० प्रतिशतले बस्ती बढेको तथ्याङ्कले देखाउँछ । विंसं. २०७८ को जनगणनाअनुसार साविकको हेमजा… पुरा पढौ

छोरेपाटनमा विज्ञानका विद्यार्थीको बिदाइ

छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ विज्ञान समूहका विद्यार्थीलाई शुभकामनासहित बिदाइ गरिएको छ । विद्यालयको संयोजन तथा कक्षा ११ विज्ञान समूहका विद्यार्थीको आयोजनामा आइतबार कक्षा १२ का बिद्यार्थीको बिदाइ गरिएको हो । कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष ईन्द्रबहादुर खत्रीले विद्यार्थीको शैक्षिक सफलताको कामना गर्दै जीवनमा शिक्षा नै महत्वपूर्ण पुँजी भएको उल्लेख गरे । विद्यालय व्यवस्थापन समितिका सदस्य देवीप्रसाद बस्यालले विद्यार्थीको अनुशासन, लगनशीलता र सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै आगामी जीवन यात्रामा निरन्तर… पुरा पढौ

लडाईं मध्यपूर्वमा, तनाव विश्वभर

मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका र क्षेत्रीय शक्तिहरूबीचको तनाव खतरनाक मोडमा पुगेको छ । पछिल्ला घटनाक्रमहरूले युद्ध अझ फैलिने सङ्केत देखाएका छन् भने मानव क्षति, ऊर्जा सङ्कट र कूटनीतिक टकराव एकैसाथ बढिरहेका छन् । इजरायलको उत्तरी सहर हाइफामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । सात तले आवासीय भवनमा सीधा प्रहार हुँदा भवन आंशिक रूपमा ढलेको र भग्नावशेषमा हराइरहेका अन्य दुई जनाको… पुरा पढौ

गण्डकी प्रदेशका अधिकृत झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ । आयोगले गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । आयोगका सहायक प्रवक्ता अधिकारीका अनुसार भ्रष्टाचारबाट आर्जित सम्पत्तिको वास्तविक स्रोत… पुरा पढौ

छात्रावासमै विद्यार्थीले जन्माइन् बच्चा

पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा छात्रावासमै एक विद्यार्थीले बच्चा जन्माएपछि विद्यालय र स्थानीय समुदायमा हलचल मच्चिएको छ । कक्षा ११ मा अध्ययनरत कल्पना (नाम परिवर्तन) ले गत चैत ११ गते राति विद्यालयकै होस्टेलमा छोरी जन्माउनुभएको हो । विद्यालयका अनुसार ती छात्रा शिक्षा सङ्कायमा अध्ययनरत हुनुहुन्थ्यो ।  टाढाबाट आएको हुनाले विद्यालयले उहाँलाई छात्रावास उपलब्ध गराएको थियो । घटना भएको राति छात्राले छात्रावासमै बच्चा जन्माएपछि होस्टेल वार्डेनको सहयोगमा उहाँलाई तत्काल आफन्तको सम्पर्कमा ल्याएर… पुरा पढौ

पोखरा मियाँपाटनकी युवती ढल्केबरमा मृत फेला

धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक होटलमा पोखरा महानगरपालिका १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी छन् । ढल्केबरको जुन तारा स्टापलाइन होटलमा उनी काम गर्थिन् । इलाका प्रहरी कार्यालय ढल्केवरले मंगलबार बिहान ११ बजेतिर उनी होटेलमा मृत फेला परेको खबर आएको जनाएको छ । होटेलको काउन्टरनजिकै लडेको अवस्थामा उनी मृत फेला परेको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । उनको मृत्युको कारण अहिलेसम्म खुलेको छैन । पुरा पढौ

पूर्वमन्त्री दीपक खड्का पक्राउ

पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।  सीआईबी प्रमुख एआईजी मनोज केसीले m खड्का पक्राउ परेको पुष्टि गरे । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं