जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने तथा पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग गरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।
अख्तियारको कार्यालय पोखराबाट खटिएको टोलीले प्रहरी वरिष्ठ हवल्दार क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।
अनुसन्धानका क्रममा क्षेत्रीले आफ्नो निम्ति घुस रकम माग गरी लिएको पुष्टि भएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा ९१० बमोजिम ५० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबी गरिएको जनाएको छ।
उक्त मुद्दामा आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्।चार तयार पार




