समाचार

नेकपाले छान्यो महानगरको नेतृत्व, पोखरामा दीपक र विश्वप्रकाश

नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको छ। पोखरा महानगर अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने छन् । काठमाडौंका अध्यक्ष र सचिवमा क्रमशः निर्मल देउला र रवीन्द्र श्रेष्ठ छन्। ललितपुरका अध्यक्ष र सचिवमा क्रमशः मञ्जली शाक्य र ज्ञानेन्द्र शाक्य छन्। भरतपुरमा रामप्रसाद न्यौपाने र ईश्वर सापकोटा, वीरगञ्जमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्की छन्। पुरा पढौ

डेंगु सबैको चुनौती : जीवन

गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बराल जीवनले डेँगु रोगको सबै पक्षको साझा चुनौती भएको बताएका छन् । प्रदेश सरकारले महानगरका ३३ वटै वडामा सञ्चालन गरेको नियन्त्रण कार्ययोजना कार्यान्वयनका लागि पोखरा महानगरपालिका वडा नं ८ मा आयोजित कार्यक्रममा उनले व्यक्ति, परिवार, राजनीतिक आस्था जाती भनेर डेँगुले कसैलाई पनि बाँकी नराख्ने भएकाले व्यक्ति, परिवार तथा समाज संगठित रुपमा नियन्त्रणका लागि अग्रसर हुनुपर्ने भनाइ उनको छ । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरका ३३… पुरा पढौ

पत्रकार महासंघ मुस्ताङ अध्यक्ष थकाली सम्मानित

नेपाल पत्रकार महासंघ मुस्ताङ अध्यक्ष एसके आस्था थकाली सम्मानित भएका छन् । पोखराबाट प्रकाशित समाधान दैनिकले बुधबार आयोजित १८ औं वार्षिकोत्सवमा थकालीलाई सम्मान गरेको हो । हिमालपारीको जिल्ला मुस्ताङका विकास, निर्माण र जनसरोकारका विषयमा उनले निरन्तर कलम चलाउँदै आएाक छन् । ५ वर्षदेखि पत्रकारितामा क्रियाशील थकाली समाधान दैनिक र अन्नपूर्ण पोस्टमा आवद्ध छन् । उनले यसअघि आदर्श समाज दैनिक, इमेल टेलिभिजन र राजधानी दैनिकमा काम गरिसकेका छन् । गण्डकी प्रदेशका… पुरा पढौ

२१ जनालाई सिलाइकटाइ तालिम

पोखरा १७ का दलित समुदायलाई सशक्तीकरण र आयआर्जनमा संलग्न गराउन सिलाइकटाइ तालिम दिइएको छ । पोखरा वडा नं. १७ ले आयोजना गरेको ६ महिने तालिम बुधबार सकिएको छ । तालिममा पोखरा १७ का २१ जना सहभागी थिए । समापन समारोहमा वडाध्यक्ष तीर्थराज अधिकारीले सीप, क्षमता विकासबाटै मानिसको प्रगति र समृद्ध समाज निर्माण हुने बताए । उनले वडा र महानगरले आदिवासी, जनजाति, पिछडिएका वर्गको उत्थानका लागि विभिन्न कार्यक्रम गरिरहेको उल्लेख गरे… पुरा पढौ

छोराको आसमा १२ पटक गर्भधारण

हुम्ला, ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष पुगिसकेकी उनले १२ सन्तान गर्भमा राखिन् । सात छोरीको जन्म दिएकी उनले ज्यान जोखिममा राखी पाँचवटा गर्भ पतन गरिन् । जसको असरले अहिले उनको ज्यान कमजोर बनेको छ । सानै उमेरमा धेरै सन्तान जन्माउनु उनको रहर होइन, छोरा पाउनुपर्छ भन्ने पति र परिवारको दबाबले इच्छाविपरीत उनी बच्चा जन्माउन बाध्य भइन् ।  अहिले पनि उनी गर्भवती… पुरा पढौ

आजको राशिफल (२०७६ आश्विन २ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ आश्विन २ गते बिहीबार, इस्वीसंवत सिताम्वर १९ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्णपितृपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्णपितृपक्षको पञ्चमी तिथि दिनमा ३ बजेर १३ मिनेटसम्म त्यसउप्रान्त षष्ठी तिथि अहोरात्र रहनेछ । आज कृतिका नक्षत्र रातिमा ३ बजेर ३३ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा… पुरा पढौ

बुद्धले महिलालाई यस्तो ज्ञान दिएपछि…

एक महिलाले अल्पायु मै छोरालाई गुमाइन् । उनको जवान छोराको मृत्यु भयो । उनको श्रीमानको पहिल्यै मृत्यु भएको थियो । छोराको मृत्युपछि उनि पागल जस्तै भइन् र आफ्नो पुत्रको शव लिएर गाँउ गाँउमा घुम्न थालिन् । घुम्दै उनि महात्मा गौतम बुद्ध भएको ठाँउ पुगिन् ।  उनले रुदै बुद्धलाई भनिन्, 'मेरो यो एक्लो छोरा हो । यही मेरे जीवनको आधार हो , यदी यो नरहे मेरा जीवन व्यर्थ छ । कृपया,… पुरा पढौ

कांग्रेसलाई लाग्यो कास्की २ को उपचुनाव

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा नेपाली कांग्रेसका उमेद्वारलाई विजयी गराउने सहभागीले प्रतिवद्धता गरेका छन् । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका १७ मा भएको कार्यक्रममा बोल्ने वक्ताले यो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले गएको निर्वाचनमा अन्तर्घात गर्नेलाई पनि काँग्रेस रुख चिह्नमा मतदान गर्न आग्रह गरे । वक्ताहरुले निर्वाचनमा भएको घात अन्तर्घात र बेतिथिविरुद्ध एक ढिक्का भएर जनतामाझ जाने प्रतिबद्धतासमेत जनाएका हुन्… पुरा पढौ

अदुवाको मूल्य अहिलेसम्मकै उच्च

कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।  विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा शनिबार र बुधबार लाग्ने हटियामा अदुवा किन्नेको तछाडमछाड नै चल्ने गरेको छ । अदुवा मसलाका रुपमा प्रयोग गरिन्छ ।  विकसित शहरमा अदुवाबाट केण्डी,… पुरा पढौ

आजको राशिफल (२०७६ आश्विन १ गते बुधबार)

आजको पञ्चांग आज मिति २०७६ आश्विन १ गते बुधबार, इस्वीसंवत सिताम्वर १८ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्णपितृपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्णपितृपक्षको चतुर्थी तिथि दिनमा ३ बजेर १३ मिनेटसम्म त्यसउप्रान्त पञ्चमी तिथि अहोरात्र रहनेछ । आज भरणी नक्षत्र रातिमा ३ बजेर ३३ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं