ताजा समाचार

असाेज ५ गते २०७६

पत्थरीको उपचार गरेकी महिलाको मृत्यु पछि ओम अस्पताल बिवादित

काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा पत्थरीको उपचारका क्रममा एक महिलाको ज्यान गएपछि ओम अस्पताल बिवादमा तानिएको छ ।

धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको पत्थरीको अपरेशन गने क्रममा ज्यान गएको हो । मृतकका आफन्तहरुले चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

शुक्रवार दिउँसो हिंडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले शनिबार पत्थरी निकाल्न अपरेशन गरेका थिए । अपरेशनपछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा बित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तहरुले बताएका छन् ।

यता अस्पताल प्रशासनले भने गुरुङको मृत्युको कारण अपरेशन नभइ हृदयघात (हर्ट अट्याक) का कारण भएको दाबी गरेको छ । आफन्तहरुले भने चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अपरेशनपछि बिरामीको मृत्यु भएको भन्दै शनिबार अस्पतालमा आन्दोलन समेत गरेका थिए ।


Loading...