समाचार

आजको राशिफल (२०७६ भाद्र २९ गते आइतबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र २९ गते आइतबार, इस्वीसंवत सिताम्वर १५ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्णपितृपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विन कृष्णपितृपक्षको प्रतिपदा तिथि बिहानमा १० बजेर ४४ मिनेटसम्म त्यसउप्रान्त द्धितीय तिथि अहोरात्र रहनेछ । आज उत्तरभाद्रपदा नक्षत्र रातिमा १० बजेर २७ मिनेटसम्म रहनेछ । विष्कुम्भादि… पुरा पढौ

फेवाताल किनारमा तेस्रो पटक सफाइ अभियान

फेवाताललाई स्वच्छ, सफा र सुन्दर बनाउन विभिन्न प्रयास भइरहेकै छ । शनिबार पोखरामा जारी सफाइ अभियानको १ सय ७२ औं शृंखला फेवाताल किनारमा भएको छ । सफाइ अभियानसँगै खहरे आमा समूहको १ सय ३३ औं हप्ताको सफाइ अभियान पनि भएको छ । अभियानमा सहभागीले फेवाताल किनारको जलकुम्भी झार हटाएका थिए । अभियानमा पश्चिमाञ्चल होटल संघका प्रतिनिधि, पोखराका मेयर मानबहादुर जिसी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि लगायतल सहभागी… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र २८ गते शनिबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र २८ गते शनिबार, इस्वीसंवत सिताम्वर १४ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्णपितृपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्णपितृपक्षको प्रतिपदा तिथि अहोरात्र रहनेछ । आज पूर्वभाद्रपदा नक्षत्र रातिमा १० बजेर २७ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा शूल, करणमा बब रहनेछ भने आनन्दादि योगमा काल… पुरा पढौ

माछापुच्छे« गाउँपालिका तोडफोड

कास्कीको माछापुच्छ«े गाउँपालिका कार्यालय शुक्रबार बिहान तोडफोड भएको छ । तोडफोडबाट केही प्लास्टिक कुर्सी र टेबल भाँचिएका छन् । कांग्रेस कार्यकर्ता खुसीमान गुरुङ नेतृत्वको टोलीले तोडफोड गरेको बनाइएको छ । गाउँपालिकाको सूचना नदिएको निहुँमा तोडफोड भएको जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । पुरा पढौ

होलसेल मूल्यमा सबै सामान सपिङका लागि ‘पानी पँधेरो’

नदीपुर, बगर, सिम्पानी क्षेत्रका मानिसलाई सपिङ सहज बनाउन पोखरा १ बगरमा नयाँ डिमार्टमेन्टल स्टोर्स खुलेको छ । युवा व्यवसायीको समूहले भीमकालीपाटन, बगरमा पानी पँधेरो डिपार्टमेन्टल स्टोर सञ्चालन गरेको हो । पानी पँधेरो यो क्षेत्रमा स्थापना खुलेको पहिलो डिमार्टमेन्टल स्टोर्स हो । भदौ १३ गतेबाट अनौपचारिक रुपमा सञ्चालनमा आएको स्टोर्समा खाद्यान्न, रेडिमेड कपडा, किचन आइटम, कस्मेटिक, गिफ्ट, जुत्ता, चप्पल, रेस्टुरेन्ट, मदिरा लगायतका सामग्री राखिएको छ । स्थापनाको १ हप्तामै राम्रो कारोबार… पुरा पढौ

नेकपा पोखरा १७ को सपथ ग्रहण

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० वडा नम्बर १७ को सपथ ग्रहण बिहीबार भएको छ । नेकपा पोखरा १७ मा सुवास ढुङ्गानाको अध्यक्षतामा वडा कमिटी निर्माण भएको छ । नेकपा कस्की जिल्ला कमिटी अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य कृष्णबहादुर थापाले साबिक एमाले र माओवादी केन्द्र एकीकरण पछि बनेको एकीकृत कमिटीलाई सपथ ग्रहण गराएका हुन् । थापाले अबका दिनमा वडामा रहेका सहिद परिवार, वेपत्ता परिवार र सुकुम्बासी वस्तीलाई पहिलो प्राथमिकता दिई काम… पुरा पढौ

बिरौटामा ‘फ्रेण्डस हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङवेज इन्स्टिच्युट’

पोखराको बिरौटामा ‘फ्रेण्डस हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङवेज इन्टिच्युट’ सञ्चालनमा आएको छ । शुक्रबार इन्स्टिच्युटको पोखरा महानगरपालिका वडा नं। १७ का अध्यक्ष तीर्थराज अधिकारीले उद्घाटन गरे । अधिकारीले हस्पिटालिटी क्षेत्रमा धेरै रोजगारीका अवसर रहेकाले इन्स्टिच्युट समयको माग अनुसार सञ्चालनमा आएको बताए । होटल तथा पर्यटन क्षेत्रमा काम गरेका व्यक्तिहरुको संयुक्त लगानीमा इन्स्टिच्युट सञ्चालनमा आएको प्रवन्ध निर्देशक राजकुमार केसीले बताए । इन्स्टिच्युटमा केसीसहित पदम न्यौपाने, सुरेश पौडेल, कुश थापा, कमल गिरी र… पुरा पढौ

सोह्रश्राद्ध किन गर्ने ?

प्रत्येक वर्ष आश्विनकृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । चान्द्रमानको पात्रोअनुसार वर्षमा २४ पक्ष रहेका हुन्छन् । यी २४ पक्षमध्ये आश्विनकृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । १ पक्षमा १५ तिथि हुने भए पनि भाद्रशुक्ल पूर्णिमादेखि आश्विन औंशीसम्मका वा जमरे औँसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । आश्विन कृष्णपक्षमा गर्नुपर्ने… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र २७ गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र २७ गते शुक्रबार, इस्वीसंवत सिताम्वर १३ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको पूर्णिमा तिथि अहोरात्र रहनेछ । आज शतभिषा नक्षत्र रातिमा ८ बजेर १० मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा धृति, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा सौम्य रहनेछ… पुरा पढौ

सेन्ट मेरिजमा एकाङ्की प्रतियोगिता

पोखरा १५ नयाँगाउँमा रहेको सेन्ट मेरिज माध्यमिक विद्यालयले बुधबार अन्तर सदनात्मक नेपाली एकाङ्की प्रतियोगिता गरेको छ । प्रतियोगितामा हरियो सदन पहिलो, पहेंलो सदन दोस्रो, रातो सदन तेस्रो र नीलो सदन सान्त्वना भए । विद्यालयका प्राचार्य मार्गेट मेरी सिजेले विद्यार्थी आफैंले समसामयिक विषयमा उत्कृष्ट ढंगले नाटक प्रस्तुत गरेको बताइन् । अवसर र प्रोत्साहन भए उनीहरुमा प्रसिद्ध कलाकार बन्ने गुण रहेको उनले बताइन् । छात्राहरु प्रजु क्षेत्री, नूतन आचार्य, स्नेहा गौतम र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं