ज्ञानमार्ग स्वतन्त्र महिला समूह पोखरा ३ नदीपुरको १० औं अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । समूहको अध्यक्षमा शान्ति द्वा, उपाध्यक्ष लक्ष्मी ताम्राकार, सचिव तारा बास्तोला, सहसचिव रेखा दास र कोषाध्यक्ष सुनीता ताम्राकार छन् ।
समूहका सदस्यमा सविना श्रेष्ठ, विन्दु जलारी, रामशोभा नेपाली, रुपा श्रेष्ठ, देवकी थापा र सर्मिला गौतम छन । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले सामाजिक परिवर्तनमा महिला र पुरुषको भूमिका समान रहेको बताइन् । उनले पितृसत्तात्मक सोचका कारण नेपाली महिला पिछडिएको उल्लेख गर्दै कानुनमा समान हक पाएका नेपाली महिलाले आफूलाई सशक्त बनाएर समान हकदार बन्नुपर्नेमा जोड दिइन् ।
समूहका अध्यक्ष रमा सिकेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ३ का अध्यक्ष रविन्सन प्रजु, प्राज्ञ सूर्य खड्का बिखर्ची, महिला सदस्य लक्ष्मी पराजुली, सचिव तारा बास्तोला, उपाध्यक्ष शान्ति द्वा लगायतले बोलेका थिए ।

कार्यक्रममा समूहकी सदस्य सम्झना पाण्डेकी छोरी श्रुति, मीरा उदासकी छोरी विमिका उदास र २०७५ सालको एसइई उत्तीर्ण सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।






