राष्ट्रिय सम्पदा तथा जनाधिकारमा नयाँ नेतृत्व

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको अध्यक्षमा विष्णुहरि अधिकारी निर्वाचित भएका छन् । संस्थाको २४ औं वार्षिक साधारणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ समिति चुनेको हो । समितिको उपाध्यक्षमा बसुन्धरा ढकाल, महासचिव सुनील पाण्डे, सचिव निर्मला कोइराला र कोषाध्यक्ष ठाकुरप्रसाद बराल छन् ।

सदस्यमा कौशल्या गुरुङ, विन्ध्येश्वरी बराल, पवित्रा जिसी, खिमा गुरुङ, कमलप्रसाद न्यौपाने, श्रीराम आचार्य, गीताकुमारी लामिछाने, रामविक्रम अधिकारी, विष्णुप्रसाद पौडेल र अर्जुन भण्डारी छन् । ‘सबै खाले विभेद अन्त्य गरौं’ भन्ने उद्घोषका साथ यो संस्था सम्पदा संरक्षण र नागरिकको अधिकारका संरक्षणका लागि क्रियाशील छन् ।

सभामा उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल, डिभिजन वन कार्यालयका प्रमुख तिलक,माछापुच्छ«े महिला क्लबकी अध्यक्ष गीता शर्मा लगायतले बोलेका थिए ।