नेकपाले छान्यो महानगरको नेतृत्व, पोखरामा दीपक र विश्वप्रकाश

नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको छ। पोखरा महानगर अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने छन् ।

काठमाडौंका अध्यक्ष र सचिवमा क्रमशः निर्मल देउला र रवीन्द्र श्रेष्ठ छन्। ललितपुरका अध्यक्ष र सचिवमा क्रमशः मञ्जली शाक्य र ज्ञानेन्द्र शाक्य छन्।

भरतपुरमा रामप्रसाद न्यौपाने र ईश्वर सापकोटा, वीरगञ्जमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्की छन्।