म्याग्दीमा बाढीले घर बगाउँदा दुई बालिका बेपत्ता

शनिवार राती आएको भीषण वर्षा पछि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। शनिबार मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ। बाढीले घर बगाउँदा ५ र १० वर्षका दुई बालिकाहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।

खोलाले धार परिबर्तन गरि वस्ती तिर पसेका कारण खोला नजिकै रहेको बुद्ध एकेडेमीका एक पक्की सहित चार कच्ची भवनमा पूर्ण रुपमा क्षति पु¥याएको छ । यसैगरी बस्तीमा पसेको बाढीले २ घर पूर्णरुपमा बगाएको छ भने अन्य २ वटा कच्ची घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बाढीले बगाएका बालिकाहरुको खोजी कार्य भईरहेको छ भने बाढीको खबर प्राप्त हुने बित्तिकै प्रहरी टोली उद्धारमा खटेका छन् ।