समाचार

ह्योल्मो समाजका उपाध्यक्षलाई पितृ शोक

नेपाल ह्योल्मो समज सेवा संघका केन्द्रिय उपाध्यक्ष समाजसेवी खड्कबहादुर ह्योल्मोलाई पितृशोक परेको छ। खड्कबहादुरका बुवा समाजसेवी मोहनसिंह ह्योल्मो (किपु लामा) को ८३ वर्षको उमेरमा उपचारका क्रममा बुधबार निधन भएको हो। मादी गाँउपालिका वडा नं ७, तप्राङमा १९९३ सालमा जन्मिई उनी पोखरा महानगरपालिका वडा नं ३० शिशुवामा बसोबास गर्थे । उनी फोक्शोको समस्यवाट पीडित थिए । नेपाल ह्योल्मो समाज सेवा संघ, कास्कीले पोखरा १४, चाउथेमा निर्माण गरिरहेको ह्योल्मो संग्राहलयसहितको समाजघरमा उनको… पुरा पढौ

“समाजवादी पार्टीसँग एकता हुनुपर्छ” नेता महतो

राष्ट्रिय जनता पार्टी (राजपा)  नेपाल, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताएका छन् । जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने बताका हुन । नेता महतोले सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने बताउँदै जनताको भावनालाई सम्मान गर्न मधेशवादी छ दल एकीकरण भइसकेको र अब समाजवादी पार्टीसँग पनि एकता हुनुपर्ने धारणा व्यक्त गरे ।… पुरा पढौ

पाल्पामा च्याउ खाँदा ५ जना बिरामी

जंगली च्याउ खाँदा पाल्पामा ५ जना बिरामी भएका छन्। बिरामी हुनेमा रामपुर नगरपालिका–४ खप्टारका ३९ वर्षीय तुलबहादुर मल्ल, ५३ वर्षीय ठगबहादुर खाँण, १४ वर्षीय अनुप थापा, ३४ वर्षीया केसरी मल्ल, ११ वर्षीय शंकर खाँण रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताएका छन्। उनीहरु घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ मंगलबार राती तरकारीको रुपमा खाँदा बिरामी भएका हुन्।बिरामीको रुपन्देहीको सिद्धबाबा हस्पिटलमा उपचार भइरहेको छ। पुरा पढौ

जङ्गली जनावरले बाली सखाप,धपाउन खेतमै डेरा

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतमा छिर्ने बदेल, चित्तललगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसानले खेतमै डेरा हालेर बसेका हुन् ।जङ्गली जनावरका बथानका बथान खेतमा छिर्ने र एकछिनमै पूरा खेत सखाप पार्ने भएकाले नसुति धपाउनु परेको हो । पाक्नै लागेको धान आधा बढी जनावरले खाइसकेको छ थोरै धान जोगाउन पाए पनि केही महीना खान पुग्ने भएकाले जङ्गली… पुरा पढौ

स्कुलका शिक्षकलाई जीवन उपयोगी सीप तालिम

पोखरा महानगरपालिकाका विभिन्न ३० वटा विद्यालयका ६० जना अगुवा शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम प्रदान गरिएको छ । असोज २ गतेदेखि शुरु भएको तालिमको समापन मंगलबार एक समारोहका बीच भएको छ । तालिमको समापन समारोहमा बोल्दै आयोजक संस्था बाल हीतकारी परियोजना नेपालका अध्यक्ष गोविन्द पहारीले यस्ता तालिमहरुले शिक्षकहरुलाई उत्प्रेरित गर्ने बताए । गैर सरकारी संस्थाहरुले सरकारले खनेको जगमा नै इटा थप्नेमा काम गर्ने कुरा उल्लेख गर्दे अध्यक्ष पहारीले तालिमलाई सफल… पुरा पढौ

नगरपालिकाको स्काभेटरले च्याप्दा एकको मृत्यु

स्काभेटरले च्याप्दा सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। सोलुदुधकुण्ड नगरपालिकाको स्काभेटरले च्याप्दा स्थानीय ४८ वर्षीय दावा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतका अनुसार नगरपालिकाको नाममा दर्ता भएको बा १ ग ३१७५ नम्बरको स्काभेटरले बाटो सफा गर्ने क्रममा घटना भएको हो।  मंगलबार दिउँसो १२:०० बजेको समयमा उक्त घटना भएको बताइएको छ। पुरा पढौ

भन्सार छली नेपाल भित्राउदै गरेको खशी बोका बरामद

जिल्ल प्रहरी कार्यालय पश्चिम नवलपरासीले करिब १२ लाख मुल्य बराबरको खशी बोका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालयबाट गस्तीमा खटिएका प्रहरी टोलिले गएराती ग१ ख ७८४२ नम्बरको ट्रकमा ८० वटा खसिबोका लोड गरि बिना भन्सार नेपाल भित्राउदै गर्दा प्रहरी टोलीले गाडी सहित ती खशि बोका बरामद गरेको जनाएको छ । उक्त बरामद खसिबोका ८ लाख मुल्य बराबर रहेको प्रहरीको अनुमान छ । त्यस्तै प्रहरी चौकी बसहियाबाट… पुरा पढौ

म:मका लागि ल्याइएको राँगोले आतंक मच्चाउँदा प्रहरीको गोली

प्रहरीले काठमाडौंको न्युरोडमा आतंक मच्चाउँदै गरेको राँगोलाई गोली चलाएर हत्या गरेको छ । मंगलबार विहान काठमाडौं म:म बनाउन तराईबाट ल्याइएको राँगा फुत्केर उपध्रो मच्चाएपछि प्रहरीले त्यसलाई गोली हानेर मारेको हो। आत्तिएको राँगा सडकमा जताततै आतंक मच्चाउँदै साढे ६ बजे बिहान न्युरोड पुगेको थियो ।बिहानै भएकाले सडकमा धेरै मानिस नहुँदा ठूलो क्षति नभए पनि मानिसको सुरक्षाका लागि गोली हानेर राँगा मार्नुपरेको हो । महानगरीय प्रहरी प्रमुख (एसएसपी) उत्तमराज सुवेदीले राँगाको आक्रमणबाट… पुरा पढौ

सवारी दुर्घटना हुदा ५ जनाको मृत्यु

नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । कावासोती ८ को खरकट्टा जंगलमा राति १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठोक्किदा कारमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।मृत्यु हुने पाँचै… पुरा पढौ

सबओभरसियरको पहिरोले पुरिएर मृत्यु

पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा पहिरोले पुरिएर एक सव–ओभरसियरको मृत्यु भएको छ ।मोरङको बेलवारी नगरपालिका–२ घर भई मध्यपहाडी लोकमार्ग आयोजनामा कार्यरत सव–ओभरसियर १९ वर्षीय कमल राईको मृत्यु भएको हो । सोमबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा रहेको खरेहामा बाटो नाप्दै गरेको समयमा एक्कासी माथिबाट खसेको पहिरोले पुरिएर उनको मृत्यु भएको हो । बिहान करिब पौने १० बजेको समयमा लोकमार्गको बाटो नापजाँच गरेका राईलाई ढिस्कोले पुरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं