स्पेनका लागि नेपाली राजदूतमा दावाफुटी शेर्पा नियुक्त भएकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालाई राजदूतमा नियुक्त गरेकी हुन् ।
शेर्पा पहिलो सगरमाथा आरोही महिला पासाङल्हामु शेर्पाकी छोरी हुन् । उनी ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् ।






