पोखरा महानगरपालिकामा चल्ने सार्वजनीक वसहरुमा विद्यार्थीलाई छुट माग गर्दै विद्यार्थीले ज्ञापन पत्र बझाएका छन् ।
स्मार्ट सिटीभित्रै विद्यार्थीले क्यापस, विश्वविद्यालय जादा सार्वजनीक बसले मा भाडामा छुट नदिएको भन्दै अनेरास्ववियु पोखरा महानगर कमिटी अध्क्षय विवेक त्रिपाठीसहितको टोलीले तत्काल विद्यार्थीले पाउने छुट सहज रुपमा पाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो।
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको व्यवस्थालाई पृथ्वी राजमार्ग बस व्यवसायी समितिले नमानेकाले माध्यमवाट संगठनको गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष त्रिपाठीले वताए । विद्यार्थीलाई परिचयपत्रको आधारमा तत्काल सहुलियत नदिएमा चाडै कडा आन्दोलन गर्न वाध्य हुने विद्यार्थी नेता विष्णु पोख्रलले बताए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रमेशकुमार के।सीले विद्यार्थीले पाउनुपर्ने छुट तत्काल दिन निर्देशन दिने प्रतिवद्धता गरे । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले के कारणले विद्यार्थीले छुट पाउन सकेनन् बुझेर तत्काल कदम चाल्ने आश्वासन दिए ।
विद्यार्थी नेता विनय पराजुली, महेश पौडे्ल, नरेन्द्र ढकाल, कृति भट्टराइ, शिव गिरी लगायतको टोली ज्ञापनपत्र बुझाउन पुगेको थियो ।






