ह्योल्मो समाजका उपाध्यक्षलाई पितृ शोक

नेपाल ह्योल्मो समज सेवा संघका केन्द्रिय उपाध्यक्ष समाजसेवी खड्कबहादुर ह्योल्मोलाई पितृशोक परेको छ। खड्कबहादुरका बुवा समाजसेवी मोहनसिंह ह्योल्मो (किपु लामा) को ८३ वर्षको उमेरमा उपचारका क्रममा बुधबार निधन भएको हो।
मादी गाँउपालिका वडा नं ७, तप्राङमा १९९३ सालमा जन्मिई उनी पोखरा महानगरपालिका वडा नं ३० शिशुवामा बसोबास गर्थे । उनी फोक्शोको समस्यवाट पीडित थिए ।

नेपाल ह्योल्मो समाज सेवा संघ, कास्कीले पोखरा १४, चाउथेमा निर्माण गरिरहेको ह्योल्मो संग्राहलयसहितको समाजघरमा उनको महत्पुर्ण योगदान थियो। समाजसेवी ह्योल्मोको निधनवाट समाजलाई ठ्रलो क्षतिपुगेको नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोले बताए ।

भारतिय सेनाका सेवा निवृत्त उनको चार छोरा, एक छोरी र नाति, नातिनीहरुछन। ह्योल्मोको बौद्ध विधि अनुसार बौद्ध अर्घौ सदन पोखरामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अन्तिम श्रध्दाञ्जलि अर्पण गर्दै अन्तिम संस्कार गरिएको उनको पारिवारिक स्रोतले जानकारी गराएको छ।