समाचार

बैंकका पूर्व सीईओ अजय श्रेष्ठसहित ११ जना पक्राउ

बैंक अफ काठमाण्डुबाट भएको साढे ४ करोड कर्जा हिनामिनामा पुर्व सीईओ सहित ११ जना पक्राउ परेका छन् । नक्कली जग्गा धितो राखेर सर्वसाधारणको निक्षेप हिनामिना गर्ने कार्यमा संलग्न बैंकका कर्मचारीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताएका छन्। पक्राउ पर्नेमा बैंकका तत्कालीन सीईओ अजय श्रेष्ठ, ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू सुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारीलगायत रहेको प्रहरीले… पुरा पढौ

पत्थरीको उपचार गरेकी महिलाको मृत्यु पछि ओम अस्पताल बिवादित

काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा पत्थरीको उपचारका क्रममा एक महिलाको ज्यान गएपछि ओम अस्पताल बिवादमा तानिएको छ । धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको पत्थरीको अपरेशन गने क्रममा ज्यान गएको हो । मृतकका आफन्तहरुले चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । शुक्रवार दिउँसो हिंडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले शनिबार पत्थरी निकाल्न अपरेशन गरेका थिए । अपरेशनपछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था… पुरा पढौ

म्याग्दीमा बाढीले घर बगाउँदा दुई बालिका बेपत्ता

शनिवार राती आएको भीषण वर्षा पछि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। शनिबार मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ। बाढीले घर बगाउँदा ५ र १० वर्षका दुई बालिकाहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । खोलाले धार परिबर्तन गरि वस्ती तिर पसेका कारण खोला नजिकै रहेको बुद्ध एकेडेमीका एक पक्की सहित चार कच्ची भवनमा पूर्ण रुपमा क्षति पु¥याएको छ… पुरा पढौ

बालकोटको कपास उद्योगमा आगलागी

सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ ।भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा आगो लागेको कामदारले बताएका छन् । के कारणले आगलागी भयो भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको थियो । काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी,… पुरा पढौ

नगदसहित १४ जुवाडे पक्राउ

नेपाल प्रहरीले रु ९७ हजार नगदसहित १४ जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरमा रु ८७ हजारसहित नौ जनालाई र टोखा नगरपालिका–९ कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट रु ११ हजार नगदसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी… पुरा पढौ

धारापानी आमा समूह ६ वर्षमा

धारापानी आमा समूह पोखरा ५ को पाँचौ साधारणसभा शुक्रबार भएको छ । सभामा पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीले महिलाको समान सहभागिताबिना समाज अघि बढ्न नसक्ने बताए । उनले समृद्धि, विकास र सभ्यतामा महिला र पुरुषको समान सहभागिता, उत्तरदायित्व र अधिकारले मात्र समुन्नत समाज निर्माण हुने बताए । महिलालाई सशक्तीकरण गर्न आर्थिक रुपमा उनीहरुलाई सक्षम बनाउनु जरुरी रहेको उनले औंल्याए । पोखरा वृहत सफाइ अभियानका संयोजक रामबहादुर पौडेलले नेपाली समाजमा… पुरा पढौ

प्राज्ञ मञ्च पोखरा अध्यक्षमा पौडेल

नेपाल प्राज्ञ मञ्च पोखरामा प्राडा विष्णुप्रसाद पौडेल अध्यक्षमा निर्वाचित भएका छन् । मञ्चको चौथो अधिवेशनबाट उपाध्यक्ष प्राडा विकासकुमार केसी, सचिव डा. गिरधारी दाहाल, सहसचिव डा. जगन्नाथ रेग्मी, कोषाध्यक्ष डा. दीर्घमान गुरुङ सर्वसम्मत चयन भएका छन् । मञ्चको सदस्यमा प्राडा इन्द्रप्रसाद तिवारी, प्राडा वीरबहादुर खनाल, डा. राधाकुमारी भण्डारी, डा. कृष्णप्रसाद भण्डारी, डा. अनन्त ढुंगाना र डा. कपिल अधिकारी चयन भएको नवनिर्वाचित सहसचिव डा. जगन्नाथ रेग्मीले जानकारी दिए । मञ्चका अध्यक्ष प्राडा… पुरा पढौ

समाजसेवी रत्न पुरस्कारबाट हरि ढकाल सम्मानित

युवा समाजसेवी हरि ढकाल संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट सम्मानित भएका छन् ।आँधीखोला ६ फापरथुम, स्याङ्जामा जन्मिएका ढकाल लामोसमयदेखि समाजसेवामा सक्रिय छन्। ूशिक्षा क्षेत्रबाट समाजको मुहार फेर्न सकिन्छू भन्ने मुल विचारका साथ अघि बढेका ढकाल समाजिक अभियान्ताका रुपमा स्थापित छन्। उनी स्याङ्जामा मात्र नभएर काठमाडौांको समेत सरस्वती क्याम्पसमा स्वभियु सदस्य भएरसमेत विद्यार्थी माझ परिचित छन्। पुरा पढौ

राष्ट्रिय सम्पदा तथा जनाधिकारमा नयाँ नेतृत्व

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको अध्यक्षमा विष्णुहरि अधिकारी निर्वाचित भएका छन् । संस्थाको २४ औं वार्षिक साधारणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ समिति चुनेको हो । समितिको उपाध्यक्षमा बसुन्धरा ढकाल, महासचिव सुनील पाण्डे, सचिव निर्मला कोइराला र कोषाध्यक्ष ठाकुरप्रसाद बराल छन् । सदस्यमा कौशल्या गुरुङ, विन्ध्येश्वरी बराल, पवित्रा जिसी, खिमा गुरुङ, कमलप्रसाद न्यौपाने, श्रीराम आचार्य, गीताकुमारी लामिछाने, रामविक्रम अधिकारी, विष्णुप्रसाद पौडेल र अर्जुन भण्डारी छन् । ‘सबै खाले… पुरा पढौ

भरतपुर १८ का वडाध्यक्षको निधन

भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको निधन भएको छ।५८ वर्षीय गुरुङको शनिबार बिहान निधन भएको हो। भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको शनिबार बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो। गुरूङ क्यान्सर रोगबाट पीडित थिए। उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार भई विजयी भएका थिए। उनका एक श्रीमती र तीन छोरा छन्। दुई छोरा विदेश भएकाले अन्त्येष्टिका लागि केही दिन लाग्ने भण्डारीले जानकारी दिए।  पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं