जंगली च्याउ खाँदा पाल्पामा ५ जना बिरामी भएका छन्। बिरामी हुनेमा रामपुर नगरपालिका–४ खप्टारका ३९ वर्षीय तुलबहादुर मल्ल, ५३ वर्षीय ठगबहादुर खाँण, १४ वर्षीय अनुप थापा, ३४ वर्षीया केसरी मल्ल, ११ वर्षीय शंकर खाँण रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताएका छन्।
उनीहरु घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ मंगलबार राती तरकारीको रुपमा खाँदा बिरामी भएका हुन्।बिरामीको रुपन्देहीको सिद्धबाबा हस्पिटलमा उपचार भइरहेको छ।






