सवारी दुर्घटना हुदा ५ जनाको मृत्यु

नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।
कावासोती ८ को खरकट्टा जंगलमा राति १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठोक्किदा कारमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।मृत्यु हुने पाँचै जनाकोे नाम ठेगाना अझै खुल्न सकेको छैन ।