भन्सार छली नेपाल भित्राउदै गरेको खशी बोका बरामद

जिल्ल प्रहरी कार्यालय पश्चिम नवलपरासीले करिब १२ लाख मुल्य बराबरको खशी बोका बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालयबाट गस्तीमा खटिएका प्रहरी टोलिले गएराती ग१ ख ७८४२ नम्बरको ट्रकमा ८० वटा खसिबोका लोड गरि बिना भन्सार नेपाल भित्राउदै गर्दा प्रहरी टोलीले गाडी सहित ती खशि बोका बरामद गरेको जनाएको छ । उक्त बरामद खसिबोका ८ लाख मुल्य बराबर रहेको प्रहरीको अनुमान छ ।

त्यस्तै प्रहरी चौकी बसहियाबाट गस्तिमा खटिएका प्रहरी टोलिले बसहिया नाका बाट लु १ ख ९३१७ नम्बरको मिनि ट्रकमा ४१ वटा खसिबोका लोड गरि नेपाल भित्राउदै गरेको अवस्थामा उक्त टोलिले बरामद गरेको जनाएको छ। उक्त बरामद खसिबोका ३ लाख ६९ हजार मुल्य बराबर रहेको प्रहरीको अनुमान छ। यसरी गएराती दुई नाका नाट २ ट्रक सहित कुल १२१ वटा खसिबोका बरामद भएको प्रहरीले जनाएको छ ।