स्काभेटरले च्याप्दा सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
सोलुदुधकुण्ड नगरपालिकाको स्काभेटरले च्याप्दा स्थानीय ४८ वर्षीय दावा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतका अनुसार नगरपालिकाको नाममा दर्ता भएको बा १ ग ३१७५ नम्बरको स्काभेटरले बाटो सफा गर्ने क्रममा घटना भएको हो। मंगलबार दिउँसो १२:०० बजेको समयमा उक्त घटना भएको बताइएको छ।






