जङ्गली जनावरले बाली सखाप,धपाउन खेतमै डेरा

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतमा छिर्ने बदेल, चित्तललगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसानले खेतमै डेरा हालेर बसेका हुन् ।जङ्गली जनावरका बथानका बथान खेतमा छिर्ने र एकछिनमै पूरा खेत सखाप पार्ने भएकाले नसुति धपाउनु परेको हो ।

पाक्नै लागेको धान आधा बढी जनावरले खाइसकेको छ थोरै धान जोगाउन पाए पनि केही महीना खान पुग्ने भएकाले जङ्गली जनावरकै कारण यस क्षेत्रका किसानले वर्षेनी खेतमा लगाएको पूरै बाली भित्र्याउन पाएका छैनन् । वर्षात्का बेला चित्तल र बदेलले धानबाली खाएर हैरान पार्ने गरेका छन् भने हिउँदमा नीलगाईलगायतका जनावरले गहुँबाली खाएर किसानलाई मर्कामा पार्ने गरेको स्थानीय बताउछन ।

त्यस्तै शुक्लाफाँटा नगरपालिका–१२ का ३० परिवारले लगाएको उखु र धानबालीमा जङ्गली हात्तीको बथानले नोक्सानी पु¥याएको छ । लगातार चार दिनदेखि हात्तीको बथान खेतमा छिरेर बालीमा नोक्सानी पु¥याउँदै आएको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथान भगाउनका लागि स्थानीय बासिन्दा रातिका बेला पालैपालो जाग्रामसमेत बस्दै आएका छन् । पटाका पडकाएर, साइरन बजाएर र थाली बजाएर हात्ती भगाउने गरिएको छ ।