म:मका लागि ल्याइएको राँगोले आतंक मच्चाउँदा प्रहरीको गोली

प्रहरीले काठमाडौंको न्युरोडमा आतंक मच्चाउँदै गरेको राँगोलाई गोली चलाएर हत्या गरेको छ । मंगलबार विहान काठमाडौं म:म बनाउन तराईबाट ल्याइएको राँगा फुत्केर उपध्रो मच्चाएपछि प्रहरीले त्यसलाई गोली हानेर मारेको हो।

आत्तिएको राँगा सडकमा जताततै आतंक मच्चाउँदै साढे ६ बजे बिहान न्युरोड पुगेको थियो ।बिहानै भएकाले सडकमा धेरै मानिस नहुँदा ठूलो क्षति नभए पनि मानिसको सुरक्षाका लागि गोली हानेर राँगा मार्नुपरेको हो ।

महानगरीय प्रहरी प्रमुख (एसएसपी) उत्तमराज सुवेदीले राँगाको आक्रमणबाट तीनजना मानिस घाइते भएको रघाइतेहरुको वीर अस्पतालमा उपचार भइरहेको छ ।