समाचार

जीप दुर्घटनामा १ को मृत्यु ३ घाइते

प्युठानमा पानी बोकेर स्वर्गद्वारीतर्फ जान लागेको ग २ च ५२४९ नम्बरको जीप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ , भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।। मृतको नाम ठेगाना भने खुलेको छैन । गाडी करिब चार सय मिटर तल खसेको र घाईतेको प्राथमिक स्वास्थ्य चौकी भिंंग्रीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

हतियार प्रहार गरी कान्छि सौताको विभत्स हत्या

 चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतिया प्रहार गरी हत्या भएको छ । ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ । पराल काट्ने फलामको गरास (धारिलो हतियार) ले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए । खुर्सिदाको घाँटी, टाउको, छाती र हातमा गहिरो काटिएको… पुरा पढौ

पेस्तोल र गोलीसहित दुई पक्राउ

राप्ती नगरपालिका–६ हर्दीबाट पेस्तोल र पाँच राउण्ड गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् । बा ८५ प ८०८४ नंको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले जाँच गर्दा मेड इन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको… पुरा पढौ

खुकुरी प्रहारबाट विद्यालयकी प्रअ गम्भिर घाईते

म्याग्दीमा खुकुरी प्रहारबाट स्थानीय विद्यालयकी प्रधानाध्यापक गम्भिर घाइते भएकी छिन् । बुधवार विहान करिब साढे ९ बजे मालिका गाउँपालिका–२ रुमको बिलबाङबाट खबाङ स्थित विद्यालयतर्फ जाँदै गरेकी राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् । बाटोमा हिँडीरहेकै अबस्थामा प्रअ पुनमाथि एककासी खुकुरी प्रहार गरि आक्रमण भएको र उनी गम्भिर घाईते बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खुकुरी प्रहारबाट बाटोमै बेहोस भएकी… पुरा पढौ

रोजगारीका लागि मलेशिया पुगेको २ महिनामै मृत्यु

वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिए । काठमाडौँस्थित रिजा ओभरसिसमार्फत मलेशियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु मलेशिया दुई महिना अघिमात्रै पुगेका थिए । मलेशिया पुगेदेखि नै बिरामी बयम्बुको उपचारमा म्यानपावर र कम्पनीले समयमा नै चासो नदेखाउँदा ज्यान गएको… पुरा पढौ

सगरमाथा घुम्न आएका विदेशी नागरिकको मृत्यु

सगरमाथाक्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । कात्तिक १९ गते एडभेन्चर प्रालि काठमाडौंमार्फत खुम्बु भ्रमणमा आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाच सुतेकै अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेसनलपार्क होटलमा मंगलबार बिहान ६ः४५ बजे ती फ्रान्सेली नागरिक मृत फेला परेको बताए । इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि… पुरा पढौ

टिपर दुर्घटना हुँदा २ को मृत्यु

पाँचथरको हिलिहाङ गाउँपालिका–४, सालिङ्गेमा गएराति टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो ।निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा २ क २९२० नंम्बरको टिपर सडकबाट करिब १०० मिटर तल झरेर दुर्घटना भएको हो । दुवैको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको… पुरा पढौ

भरुवा बन्दुकको छर्रा लागेर १ को मृत्यु

सिकारीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका–११, गोठडाँडाका शंकर राउतको गएराति सिकारीले चलाएको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, कटारीका प्रमुख डीएसपी प्रेमसागर केसीले जानकारी दिएका छन् । राउतको शव पोष्टमार्टमका लागि अहिले कटारी अस्पतालमा ल्याइएको छ । गोली कसले चलायो भन्नेबारे केही नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी केसीले बताए । पुरा पढौ

बन्दुकधारी बाट लुतिए बैंकका कर्मचारी

बारामा मङगलबार बिहान निर्धन उत्थान बैंकका एक कर्मचारी लुटिएका छन्। बाराको प्रसौनीस्थित जीवन खड्का, फेटा गाउँपालिका–२ जगतपुर टोलमा रकम संकलन गर्न गएका उनी लुटिएका हुन् । भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली फायर गर्दै खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका हुन् । हतियारसहित आएका बन्दुकधारीले एक राउण्ड फायरिङ गरेर खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर भारततर्फ भागेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिएका छन्… पुरा पढौ

टिपरको ढोकाबाट खस्दा सहचालकको मृत्यु

पूर्वी चितवनको भण्डारामा टिपरको ढोकाबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना३ख ३७७८ नंको टिपरको ढोकाबाट खस्दा गम्भीर घाइते थारूको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । टिपर र चालकलाइ नियन्त्रणमा लिइ अनुसन्धान गरी रहेका प्रहरीले जनाएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं