५८ किलो चरेससहित ५ जना बर्दियाबाट पक्राउ


प्रहरीले ५८ किलो चरेससहित पाँचजनालाई पक्राउ गरेको छ । शनिबार राति विशेष सूचनाका आधारमा गुलरिया(७ भन्सार रोडमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा खान तलासी गर्दा उनिहरुबाट ठूलो परिमाणको चरेस फेला परेको प्रहरी नायव उपरिक्षक राम शंकर कोहारले बताएका छन् ।

पक्राउ पर्नेमा पूर्वी रुकुम खवाङ गापा—१ घर भई दाङ घोराही बस्दै आएका राजकुमार पुनमगर, पूर्वी रुकुम कास्की भुमे गापा घर भई हाल मुसिकोट—१ की जुनतारा पुन, महत गापा—२ घर भई हाल भुमे गापाका सुनथामी पुनमगर, तक्सेरा गापा—९ हाल पुथा उत्तरगंगाकी अस्मिता रामजाली र रोल्पा पाछावाङ—४ घर भई दुई खोली—८ का खीम प्रसाद रोका मगर रहेकाछन् ।

भारतमा लैजान लागेको उक्त चरेस भरियाका रुपमा प्रयोग गरिएको अनुमान प्रहरीको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं