ताजा समाचार

कार्तिक २८ गते २०७६

१० किलो गाँजासहित युवक पक्राउ

भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित पर्साबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व सूचनाको आधारमा प्रहरीले पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुर चोकबाट १० किलो गाँजासहित सोही गाँउपालिका– ४ निवासी शिवजन्म माझीलाई नियन्त्रणमा लिइएको हो । रङ्गपुर चोकमा पैदल हिँडिरहेका माझीमाथि चेकजाँच गर्दा उनले बोकेको झोलाबाट १२ वटा पोकामा रहेको दश किलो गाँजा बरामद भएपछि उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिएका छन् ।

उनले बरामद भएको गाँजा र पक्राउ परेका माझीलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखी अनुसन्धान अगाडि बढाइएको बताएका छन् ।