तनहुँमा चितुवाको बच्चा मृत फेला


तनहुँमा चितुवाको एउटा बच्चा मृत फेला परेको छ । जिल्लाको व्यास नगरपालिका नगरपालिकाको वडा नं-७ स्थित साखुलीमा रहेको लोक कल्याणकारी सामुदायिक वनमा अन्दाजी २ वर्षको चितुवाको बच्चा सोमबार बिहान फेला परेको हो ।

मृत चितुवाको बच्चा अन्दाजी १० केजीको छ । पेट फुटेको र घाउचोट लागेको अवस्थामा भेटिएको चितुवाको बच्चालाई भाले चितुवाले मारेको हुनसक्ने अनुमान वन कार्यालयका कर्मचारीहरूले गरेका छन् ।

मृत चितुवाको मुचुल्का उठाइ डिभिजन वन कार्यालय, तनहुँको परिसरमा गाडिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले जानकारी दिएका छन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं