ताजा समाचार

मंसिर १ गते २०७६

मोटरसाइकल दुर्घटना हुदा २ को मृत्यु

कञ्चनपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–२ वाणीमा नम्बर नभएको पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना ३ ख १४२४ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।

मोटरसाइकल ट्रकमा ठोक्किएपछि सख्त घाइते भएका दुवैलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइए पनि उपचारका क्रममा दुवैको मृत्यु भएको हो ।