समाचार

नापी सर्वेक्षक घुससहित पक्राउ

नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवान ७५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयका प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले नापी कार्यालयअन्तर्गत २ नं। नापी टोलीको कार्यालय वीरगञ्जबाट पासवानलाई सोमबार पक्राउ गरेको हो । वीरगञ्ज–९, रानीघाटस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक पासवानले जग्गा हाल साबिक गरी पुनः नापी जग्गाधनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस मागेको सूचनापछि स्ट्रिड अप्रेसन गरेर अख्तियारको… पुरा पढौ

तनावमुक्त जीवनका लागि के-के गर्ने ?

व्यस्त जीवनशैलीका कारण विभिन्न प्रकारका रोगहरुले सजिल्यै मानिसको शरीरमा प्रवेश पाएको छ । मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्ने जस्ता रोगहरु लाग्नु सामान्य नै जस्तो भइसक्यो । जति मानिस पैसामुखी, सफलतामुखी बन्न थाल्छन् तब उनीहरुको दैनिक जीवनयापन तनावपूर्ण हुन थाल्छ । जसले गर्दा पनि अनेक प्रकारका रोगहरुले सताउँन थाल्छ ।  तनावका पनि धेरै कारणहरु हुन्छन् । व्यक्तिगतदेखि कामको तनावदेखि जुन क्षेत्रमा मानिसहरु बढी लागि परेका हुन्छन् त्यहाँको तनावले मानिसहरुलाई आफ्नो ख्याल… पुरा पढौ

घरमा सिंह, बाज र परेवाजस्ता पशुपंक्षीको फोटो नराख्दा राम्रो

वास्तुशास्त्र अनुसार घरमा मूर्ती र तस्बिर राख्दा सावधानी अपनाउनुपर्छ । मानसार, समरांगणसूत्रधार, प्रासाद मण्डन र वृहत्संहिताजस्ता वास्तु ग्रन्थमा घरको सजावट र अन्य कुराबारे बिस्तारपूर्वक बताइएको छ । यी ग्रन्थ अनुसार घरमा राखिएका वस्तु र तस्बिरको शुभ–अशुभ असर त्यहाँ बस्ने मानिसहरुमाथि पर्छ । -जनावरबाहेक ऐतिहासिक र पौराणिक फोटोका लागि पनि सावधान हुनुपर्छ – समरांगण सूत्रधारको ३८ औं अध्यायमा गिद्ध, उल्लू, परेवा, कौवा, बाज र बकुल्लाजस्ता पंक्षीको फोटो वा चित्र भित्तामा राख्नुहुँदैन… पुरा पढौ

आजको राशिफल (२०७६ पौष २२ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ पौष २२ गते मंगलबार, इस्वीसंवत जनवरी ७ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको द्धादशी तिथि अहोरात्र रहनेछ । आज कृत्तिका नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा साध्य, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा चर रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

मोबाइल चार्ज गरिदिने बहानामा सामूहिक बलात्कार

सिरहाको गोलबजारमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । आइतबार राति एक युवतीमाथि बलात्कार गरेको आरोपमा सिरहाको धनगढीमाई नगरपालिका निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतो पक्राउ परेका हुन् । सिरहाका १९ वर्षीया ती युवतीलाई मोबाइल चार्ज गर्ने नाममा कोठाभित्र लगेर जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिएका छन् । घटनापछि तत्कालै पुगेका प्रहरीले युवतीलाई उद्धार गरी दुवैजनालाई… पुरा पढौ

लिम्पियाधुरा र कालापानी भएको नक्सा सरकारलाई हस्तान्तरण

भारतले आफ्नो नक्सामा समावेश गरेका लिम्पियाधुरा, कालापानी लगायतका क्षेत्रसमेत समावेश गरिएको नक्सा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । स्वतन्त्र नागरिक मञ्चले सोमबार संघीय सरकारका प्रतिनिधि कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, स्थानीय सरकार पोखरा महानगरका मेयर मानबहादुर जिसी र कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीलाई नेपालको नक्सा हस्तान्तरण गरेको हो । सो नक्सामा भारतले यसअघि सीमा मिचेका ६० स्थानसमेत समावेश छन् । मञ्चका संयोजक माधव पाहारीले देशको सीमा रक्षाका लागि सजग… पुरा पढौ

पर्स्याङमा देशकै नमुना रिहाब सेन्टर

गृह मन्त्रालयले पोखरा ५ पस्र्याङमा निर्माण गरेको लागुऔषध दुव्र्यसनी सुधार केन्द्र (रिहाब सेन्टर) चाडै सञ्चालनमा आउने भएको छ । करिब ३ करोडमा निर्माण भएको केन्द्र नौलो घुम्ती नेपालले साझेदारीमा सञ्चालन गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालय कास्की र नौलो घुम्तीबीच रिहाब सञ्चालन गर्न गत असार ३१ गते सम्झौता भएको थियो । तर, भवन वरिपरिको कम्पाउन्ड पर्खाल रिहाब सञ्चालनका लागि उपयुक्त नभएकाले अहिले बलियो पर्खाल बन्दै छ । गण्डकी प्रदेशको… पुरा पढौ

मौरीको टोकाइबाट महिलाको मृत्यु

चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको घरमै बसिरहेको बेला वन मौरीले तोक्दा मृत्यु भएको हो । घरमै वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते हुभएकी उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

पोखरा भरतपोखरीका विकलको जापानमा निधन

पोखरा ३३ भरतपोखरीका विकल थापाको जापानमा निधन भएको छ । जापानको सेन्दाइमा श्रीमतीसहित बस्ने २८ वर्षीय विकलको आइतबार हृदयघातबाट निधन भएको हो । विद्यार्थ भिसामा सात वर्षअघि जापान गएका विकलको परिवारमा बाआमा, भाइ र दिदी छन् । पुरा पढौ

आज पुत्रदा एकादशी, सांसारिक सुख प्राप्ति तथा पुत्र लाभ हुने विश्वास

पुत्रदा एकादशीकाे व्रत वर्षमा दुइ पटक पर्छ । साउन र पुस शुक्लपक्षको एकादशीमा पुत्रदा एकादशी मनाइन्छ। पौष महिनाको शुक्ल पक्षको एकादशीलाई पौष पुत्रदा एकादशी भनिन्छ भने श्रावण महिनाको शुक्ल पक्षको एकादशीलाई श्रावण पुत्रदा एकादशी भनिन्छ । पद्म पुराणका अनुसार सांसारिक सुख प्राप्ति तथा पुत्र लाभका लागि पुत्रदा एकादशी व्रत फलदायी मानिन्छ ।  सन्तानहीन या पुत्रहीन मानिसहरुले यो व्रत लिनाले फल प्राप्ति हुने धार्मिक विश्वास छ । धर्मशास्त्रहरु अनुसार प्राचिनकालमा भद्रावतीपुरी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं