समाचार

आजको राशिफल (२०७६ पौष १७ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ पौष १७ गते बिहीबार, इस्वीसंवत जनवरी २ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको सप्तमी तिथि अहोरात्र रहनेछ । आज उत्तरषाढा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा वरियान, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा छत्र रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

बाराको एनसेल टावरमा आगजनी

बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिएका छन्। स्थानीयवासी जसबहादुर वाइबाको जग्गामा रहेको सो टावर मंगलबार राति करिब १० बजेका समयमा आगजनी भएको हो। आगजनीबाट टावरमा टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको भए पनि बीटीएस भने सुरक्षित रहेको… पुरा पढौ

गगन थापाको अगुवाइमा टोल सरसफाइ

नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाको अगुवाइमा आज रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको छ । भ्रमण वर्षमा आफ्नो टोल सरसफाइ गर्न आफै जुट्नु पर्दछ भन्ने सन्देश दिंदै उनले उक्त सडकखण्डमा रहेका व्यापारीलाई समेत सरसफाइमा सहभागी गराएका हुन् । उनले २० लाख पर्यटन भित्र्याउने उद्देश्यले आजदेखि भ्रमण वर्ष शुरु गरिएकाले आफ्नो टोल, घर अगाडि सफा राख्नका लागि सरसफाइ गरिएको बताए । काठमाडौँको धुलो, धुवाँ र फोहर देखेर… पुरा पढौ

बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष भट्टराईको निधन

झापाको बिर्तामोड नगरपालिका वडा नं। ७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको छ । २ वर्षदेखि क्यान्सरबाट पीडित भट्टराईको मंगलबार अपरान्ह निधन भएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले जानकारी दिएका छन् । एमालेबाट निर्वाचित भट्टराई पूर्व एमालेबाट झापा २ का पूर्व क्षेत्रीय कमिटी सदस्य समेत थिए । वडाध्यक्ष भट्टराईको निधनमा बिर्तामोड नगरपालिकाले बुधबार नगरभित्र एक दिन शोक बिदा दिने निर्णय गरेको छ । पुरा पढौ

ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

बर्दियामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लु २ ख १०६८ नम्बरको ट्रक ठाकुरबाबा नगरपालिका २ मा भएको ट्रक दुर्घटनामा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्ण बहादुर चौधरी घाइते भएका छन्। घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ । मृतकको पहिचान हुन बाकीँ रहेको प्रहरीले जनाएको छ । पुरा पढौ

आजको राशिफल (२०७६ पौष १६ गते बुधबार)

आजको पञ्चांग आज मिति २०७६ पौष १६ गते बुधबार, इस्वीसंवत जनवरी १ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको षष्ठी तिथि अहोरात्र रहनेछ । आज पूर्वाषाढा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा व्याघात, करणमा तैतिल रहनेछ भने आनन्दादि योगमा पद्य रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

गुप्तेश्वरमा चुनाव, अध्यक्षमा प्राडा अधिकारी करिब निश्चित

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समिति चयनका लागि मंगलबार चुनाव भएको छ । क्याम्पसका सिनेटरबाट छानिने ६ सदस्यमा लागि सर्वसम्मति हुन नसकेपछि निर्वाचन भएको हो निर्वाचनबाट प्राडा टंकराज अधिकारी, ऋषब तिमिला, भवानीप्रसाद भट्टराई, लक्ष्मण बास्तोला, श्रीराम सुवेदी र ज्ञाज शर्मा विजयी भए । ७५ मतदाता रहेकोमा ६३ मत खसेको थियो । क्याम्पस सञ्चालक समितिमा सिनेटरबाट ६ जना, गुप्तेश्वर गुफा सञ्चालक समितिबाट ८ जना हुने प्रावधान छ । गुप्तेश्वर गुफा व्यवस्थापन… पुरा पढौ

बाबुको कुटपिटबाट ४ वर्षीया छोरीको मृत्यु

कुटपिट गरी आफ्नै छोरीको हत्या गरेको अभियोगमा कञ्चनपुरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै ४ वर्षीया छोरी सुशिला चुनारालाई कुटपिट गरी हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका–१८ सुकुम्बासी टोल बस्ने ३० वर्षीय ईन्द्र बहादुर चुनारा पक्राउ परेका हुन् । मादक पदार्थ सेवन गरी ईन्द्र बहादुरले आफ्नै छोरीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर… पुरा पढौ

मौरीबाटै विष उत्पादन !

मौरीपालन मह उत्पादनका लागि गरिन्छ । तर ‘विष’ समेत उत्पादन लिन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । भक्तपुर–१ रामनगरमा सञ्चालित गोर्खा मौरी फार्मले विष अर्थात ‘वि–भेनम’ उत्पादन लिने काम सुरु गरेको छ ।  ‘मौरीको संरक्षण गर्ने हतियार खिल’ अर्थात ‘वि–भेनम’ संकलन सुरु गरेका छौँ,’ सञ्चालक प्रोफेसर डा. खेमराज न्यौपानेले भने, ‘खिल खाद्य वस्तु होइन, तर कैयन रोगको उपचार गर्ने औषधि बनाउन उपयोग हुन्छ ।’ उनका अनुसार १० हजार मौरीबाट १… पुरा पढौ

आजको राशिफल (२०७६ पौष १५ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ पौष १५ गते मंगलबार, इस्वीसंवत डिसेम्वर ३१ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको पञ्चमी तिथि अहोरात्र रहनेछ । आज शतभिषा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा सिद्धि, करणमा बालव रहनेछ भने आनन्दादि योगमा मृत्यु रहनेछ । आज वर्षकै छोटो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं