फुलबारी क्लबले मनायो ७ औं टोपी दिवस

सातौ टोपी दिवसको अवसरमा पोखराको फुलबारी क्लबले बुधबार एक कार्यक्रमका विच टोपी दिवस मनाएको छ ।

क्लवले टोपीको महत्व प्रकाश पार्नका लागि दिवसको अवसरमा प्रभातफेरी सहितको अन्तरक्रिया कार्यक्रम गरेको हो । क्लवको भवन परिसरबाट सुरु भएको प्रभावतफेरीमा सहभागिहरुले टोपीका महत्वबारे लेखिएका विभिन्न नारा अंकित प्लेकार्ड सहित राम मन्दिर सम्मको क्षेत्रमा परिक्रमा गरेका थिए ।

परिक्रमा पछि आयोजित सभामा प्रा. डा कुस्माकर न्यौपानेले टोपी पहाड र मधेस बिचको सम्बन्ध प्रगाढ गर्ने , कुनै जात लिङग बिच विभेद नराख्ने एकताको प्रतिक , शिरलाई सुरक्षा गर्नुका साथै भुगोलको प्रतिविम्ब र राष्ट्रियताको पहिचान रहेको बताए । नेपालमा बिर्खे टोपी ,ढाका टोपी , उनिको टोपी, बादर मुखे टोपी, काने टोपी लगायतका टोपीहरु रहेको जानकारी दिए ।

पूर्वअध्यक्ष विश्वराज बास्तोला लगायतले टोपीको महत्त्वबारे बोल्दै टोपी मात्र नभइ राष्ट्रिय पोशक दौरा सुरुवाल लाई समेत सगैं समेटेर जानुपर्नेमा जोड दिए ।
क्लबका अध्यक्ष हरि प्रसाद बास्तोलाको अध्यक्षताकम कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागीहरु ढाका टोपीमा सहभागी भएका थिए ।