कश्मीर भिडन्तमा अस्ताए गोरखाका अर्जुन मगर

भारतको जम्मु कस्मिरमा भारत र पाकिस्तानका सैनिकबीच भिडन्त हुँदा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरको मृत्यु भएको छ ।

जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा मगरसँगै भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको हो ।

गोरखा रिप गाउँका २५ वर्षीय अर्जुन राइफलम्यान पदमा कार्यरत रहेका बताइएको छ । ४ वर्षअघि भारतीय सेनामा भर्ति भएको अर्जुन सात महिना अघि मात्र विवाह बन्धनमा बाँधिएका थिए। उनको घरमा आमा , बैनी, श्रीमती र बुवा छन् उनि घरका एक्लो छोरा हुन् ।