६ दिने भ्रमणका लागि गृहमन्त्री थापा चिन प्रस्थान

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चीन प्रस्थान गरेका छन् ।

थापा ६ दिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा उनले चीनका जनसुरक्षा मन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने, चीनको बेइजिङ, सांघाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिएका छन् ।

टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत सहभागी छन्।

गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कनेछन् ।