बाजुराको कालडाँडाभिरबाट कर्णाली नदीमा जिप खस्दा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको से ज १ १०६४ नम्बरको जिप वडा नम्बर ७ बाधुमा दुर्घटना भएको हो ।
घाइतेको उद्धार तथा शवको व्यवस्थापनको लागि घटनास्थलतर्फ सुरक्षाकर्मी पचिालन गरिसकिएको बाजुरा प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिएका छन् ।
जिप नदीमा डुबेकोले दुर्घटनामा मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।






