समाचार

बागलुङ तमानखोलामा आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु

बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ । छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । घरछेउको जङ्गलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहीबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लाग्दा घाइते भएको स्थानीयवासीले बताएका छन् । उनको बायाँ हात, खुट्टा र पिडौंलामा चोट लागेको थियो । घटनालगत्तै… पुरा पढौ

बागलुङमा निवारण भएन हात्तीपाइले

नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत वर्ष हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गरिए पनि छ महिनापछि सर्वेक्षण गर्दा पुनः सङ्क्रमण भेटिएका कारण बागलुङमा हात्तीपाइले निवारण हुन सकेको छैन । सर्वेक्षण गर्दा पुनः सङ्क्रमण भेटिएका कारण जिल्लामा ११ औँ पटक आगामी माघ २५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको अभियान सञ्चालन गरिने स्वास्थ्य सेवा विभागका डा प्रकाश शाहले जानकारी दिएका छन् । हात्तीपाइले रोगबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ । लगातार… पुरा पढौ

खोला दोहनको विरोध गर्ने युवकको टिपरले किचेर हत्या

अवैध ढंगले खोला उत्खननको विरोध गर्ने धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोको हत्या भएको छ। शmुत्रबार बिहान छिमेकी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर उनको हत्या गरिएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी पुगेर शव बरामद गरेको छ भने टिपर नियन्त्रणमा लिएको छ। घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर हत्या गरेको हुन सक्ने ईलाका… पुरा पढौ

आजको राशिफल (२०७६ पौष २५ गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ पौष २५ गते शुक्रबार, इस्वीसंवत जनवरी १० तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको पूर्णिमा तिथि अहोरात्र रहनेछ । आज आद्रा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा ऐंद्र, करणमा भद्रा रहनेछ भने आनन्दादि योगमा पद्य रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

आज राति ‘पेनम्ब्रल’ चन्द्रग्रहण, नांगो आँखाले देख्न नसकिने

सन् २०२० को पहिलो चन्द्रग्रहण आज राति लाग्दैछ । यो चन्द्र ग्रहण मिथुन राशि र पुनर्वसु नक्षत्रमा लाग्नेछ । राति १० बजेर ५२ मिनेटमा शुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिनेछ । शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो ग्रहण नाङ्गो आँखाले भने देख्न सकिँदैन । चन्द्र ग्रहणले हाम्रो मन मस्तिष्कमा… पुरा पढौ

स्काभेटर दुर्घटना हुँदा २ को मृत्यु

काभ्रेमा स्काभेटर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । पाटीखर्कबाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा स्काभेटर पनौती ११ थुम्कीमा सडकबाट ३०० मिटर तल सलान्दु खोलामा खस्दा २ बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा पनौती नगरपालिका ११ का १४ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भइ हाल पनौती ११ मा दिदीको घरमा बस्दै आएका अर्का बालक १५ वर्षीय रोशन भण्डारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा स्काभेटर चालक पनौती ७… पुरा पढौ

बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा मेलम्ची नगरपालिका–३ बस्ने २४ वर्षीय सरोज विकलाई बुधबार साँझ हानगरीय प्रहरी वृत्त ठिमी, भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सिन्धुपाल्चोकस्थित आफ्नै घरमा लगेर ललाईफकाई जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको आफन्तको उजुरीको आधारमा पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ। पुरा पढौ

बोलेरो दुर्घटनामा २ को मृत्यु ४ घाइते

उदयपुरको ताप्ली गाँउपालिका–२ धपेनीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । बुधबार साँझ रामपुरझिल्केबाट बछाङ्ग जाँदै गरेको मे १ ज २६६२ नम्बरको जीप दुर्घटना हुँदा ताप्ली गाउँपालिका २ लेखगाउँ बस्ने २६ वर्षिय मिलन राई र झापा जिल्ला विर्तामोड बस्ने अन्दाजी ३३ वर्षिय महेन्द्र राईको मृत्यु भएको हो । दुर्घटनामा परी ताप्ली गाउँपालिका २ लेखगाउँका २७ वर्षिय बाबु राई र ४० वर्षिय… पुरा पढौ

आफ्नो मोबाइलको फोन उठाएको भन्दै श्रीमतीको हत्या

सुनसरीको हरिनगर गाउँपालिका ५ वसन्तपुरमा आफ्नो मोबाइलमा आएको फोन उठाएको भन्दै श्रीमतीको हत्या गरेका छन् । २५ वर्षीय श्रीमान्स सन्तकुमार मेहताले आफ्नो मोबाइल उठाएको आरोपमा २१ वर्षीया पूजादेवी मेहताको कुटपिट गरी हत्या गरेका हुन्। गत पुस २१ गते साँझ सन्तकुमार अर्कै केटीसँग फोनमा कुरा गर्न पल्केकाले पतिको मोबाइलमा फोन आएको र उठाएको कारणबाटै ज्वाइँले नै छोरीको हत्या गरेको मृतकका बुवा शिवनारायण महेताले बताएका छन्। सन्तकुमारले भने श्रीमतीले विष खाएर आत्महत्या… पुरा पढौ

आजको राशिफल (२०७६ पौष २४ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ पौष २४ गते बिहीबार, इस्वीसंवत जनवरी ९ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको चतुर्दशी तिथि अहोरात्र रहनेछ । आज मृगशिरा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा ब्रह्म, करणमा गर रहनेछ भने आनन्दादि योगमा मृत्यु रहनेछ । सूर्य धनु राशिमा,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं