ट्याङकरको ठक्करबाट मोटरसाइकलमा सवार २ को मृत्यु

चितवनको राप्ती नगरपालिका(६ हर्दीमामा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेकोको ३–०२–००५ प ४३४७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्याङकरले ठक्कर दिदा गोरखाको भिमसेन थापा गाँउपालिका(४ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र सोही ठाँउका २५ वर्षीय सुगम तामाङको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका दुबै जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।