तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमाभएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
शुक्रबार बिहान पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस अनियन्त्रित भइ सडकबाट तल खस्दा बसमा सवार दुईको मृत्यु भएको हो ।
दुर्घटनामा घिरिङ गाउँपालिका-१ बस्ने २० वर्षीया मुना थापाको घटनास्थलमै र घिरिङकै वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङ पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका तनहुँले जानकारी दिएको छ ।
घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।






