खोला दोहनको विरोध गर्ने युवकको टिपरले किचेर हत्या

अवैध ढंगले खोला उत्खननको विरोध गर्ने धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोको हत्या भएको छ।

शmुत्रबार बिहान छिमेकी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर उनको हत्या गरिएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी पुगेर शव बरामद गरेको छ भने टिपर नियन्त्रणमा लिएको छ। घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए।

घटना पश्चात् टिपर चालक फरार छन्। हत्या गरिएका युवक भारतमा ईन्जिनियरिङ पढ्दै थिए। पहिलादेखि नै अवैध रुपमा हुँदै आएको खोला उत्खनननको विरोध गरेकाले उनको क्रसर सञ्चालकले उनको नियोजित रुपमा हत्या गरेको स्थानीयले दाबी गरेका छन् ।