समाचार

१० दिन थपियो लकडाउन

सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । चैत ११ बाट जारी लकडाउन अब वैशाख २५ सम्म पुग्ने भएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । भारतमा संक्रमण डरलाग्दो भएको र नेपालमा पनि नयाँ संक्रमण देखिइरहेकाले लकडाउन थपिएको हो । पुरा पढौ

पोखरामा गुनासो सुन्न हटलाइन नम्बर ११८१ र ११८६

पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ र ११८६ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ । वैशाख ३ गतेदेखि ११८१ नबर सञ्चालन भएकोमा अर्को नम्बर ११८६ आइतबारदेखि सञ्चालनमा आएको हो । कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, लकडाउनले जोखिममा परेका समुदायको समस्या लगायत नगरवासीका… पुरा पढौ

पोखरा महानगरले बनायो कृषि बजारमा सेनिटाइज्ड टनेल

पोखरा महानगरपालिकाले शान्तिवनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइज टनेल जडान गरेको छ । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइज टनेल बनाएर महानगरले कृषि बजार उपजलाई हस्तान्तरण गरेको हो । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कृषि बजार उपजको बजार व्यवस्थापन समितिलाई टनेल आइतबार हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख जिसीले कृषि बजार उपजमा पनि मानिसका भीडभाड हुने भएकाले कोरोनाको संक्रमणलाई… पुरा पढौ

खारेज भए दुवै अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले हालै सरकारद्वारा जारी दुवै अध्यादेश खारेज गरेकी छन्। शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको पत्र पठाएपछि राष्ट्रपतिले अध्यादेश खारेज गरेकी हुन्। गत सोमबार मन्त्रीपरिषद्ले पठाएका २ अध्यादेश त्यही दिन राष्ट्रपतिबाट जारी भएर राजपत्रमा समेत छापिएका थिए । ती अध्यादेशको चौतर्फी विरोध भएको थियो । पुरा पढौ

गुरुकुल विद्या सदनमा अनलाईनबाट पठनपाठन

पोखराको नयाँ बजारमा रहेको गुरुकुल विद्या सदन सेकेन्डरी स्कुलले अनलाइनबाट पठनपाठन शुरु गरेको छ । लकडाउनका कारण विद्यार्थीको पढाई प्रभावित भएपछि १ हप्ता देखी विद्यालयले अनलाईनमार्फत कक्षा चलाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मराज कोईरालाले जानकारी दिए । विद्यालयमा अध्ययनरत कक्षा १० ११ र १२ का करिब ३ सय विद्यार्थीलाई अनलाईबाट अध्यापन गराईएकोे विद्यालयका प्राचार्य अच्यूत पाण्डेले बताए । २०६३ सालमा स्थापना भएको विद्यालयले अहिले ११ र १२ मा साईन्स, म्यानेजमेनट… पुरा पढौ

पोखरा महानगरको राहत कोषमा ४ करोड ७ लाख

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबारसम्म महानगरको कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ । निर्माण व्यवसायी समिति पोखराले १ लाख १ हजार ५ सहयोग गरेको छ । समितिका अध्यक्ष नारायण गुरुङ लगायतको टिमले महानगर प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरेको हो । सगरमाथा माविले पनि ५० हजार सहयोग गरेको छ । माविका संस्थापक कृष्णराज अधिकारी,… पुरा पढौ

ब्याक भयो सरकार, दुबै अध्यादेश फिर्ता लिइने

सबैतिरबाट विरोध भएपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । संविधानमा जारी भइसकेको अध्यादेश सरकारको सिफारिसमा राष्ट्रपतिले खारेज गर्न सक्ने व्यवस्था छ । यी अध्यादेश वैशाख ८ गते जारी भउका थिए । राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गरिएको थियो । त्यसअघि पार्टी विभाजनका लागि दुवै हुनुपर्ने… पुरा पढौ

नोभेलमा अनलाइन कक्षा सुरु

नोभेल एकेडमी न्युरोड पोखराले अनलाइन कक्षा सुरु गरेको छ । कोरोना महासंकटका बेलामा पनि विद्यार्थीको भविष्यलाई मध्यनजर गरी उपयुक्त विकल्पमा रुपमा अनलाइन कक्षा थालिएको हो । लकाडउनका बेलामा अनलाइन पद्दतिद्वारा शिक्षणसहित पढाइसकिएका विषय रिभिजन र नबुझेका कुरा शिक्षकसँग सोध्न मिल्ने यो पद्दतिका विद्यार्थीका लागि उपयोग रहेको नोभेलका व्यवस्थापन कार्यक्रम संयोजक डा. श्रीनिवास माधवन बताउँछन् । औषधी बिज्ञान ( फार्मेसी ) स्नातक तहमा अध्यनरत बिद्यार्थी आफ्नो अनुसन्धान तथा प्राक्टिकल बिषयमा केन्द्रित… पुरा पढौ

रुपा र मादीका राहत कोषमा सांसद अधिकारीको सहयोग

पूर्व स्वास्थ्यमन्त्री तथा कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सांसद खगराज अधिकारीले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा सहयोग गरेका छन् । कास्की प्रतिनिधि सभा क्षेत्र नं १ अन्तरगत रहेका रुपा गाउँपालिका र मादी गाउँपालिकामा १ लाख ७१ हजार ६ सय र १६ थान पिपिइ उनले प्रदान गरेका हुन् । अधिकारीले रुपा गाउँपालिकाको राहत कोषमा १ लाख २१ हजार ६ सय र मादी गाउँपालिका राहत कोषमा ५०… पुरा पढौ

जंगलमा भेटियो युवाको शव, १४ पक्राउ

तनहुँको भानु नगरपालिका ६ नाबरुङको जंगलमा १ युवक बिहीबार मृत फेल परेका छन् । करिब १७, १८ वर्षका प्रवीण गुरुङलाई दिउँसो १ बजेतिर प्रहरीले मृत फेला पारेको हो । भानु नगरपालिका १ भन्सार घर भएका प्रवीणको शव जंगलको खोल्सामा भेटिएको प्रहरीले जनाएको छ । प्रवीण वैशाख ९ गते भानु नगरपालिका ६ नाबरुङमा झगडामा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ । उक्त झै झगडामा संलग्न १४ जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं