धनुषाको मिथिला नगरपालिका ७ का वडाध्यक्ष युवराज उप्रेतीको ह्रदयघातबाट मृत्यु भएको छ ।
५५ वर्षीय उप्रेतीको मंगलबार हृदयघाटबाट निधन भएको मेयर हरिनारायण महतोले बताए । उनी मेयर र उपमेयरसँगै योजना निरीक्षण गर्न गएका थिए ।
अकस्मात बेहोस भएर ढलेका उनको उपचारको लागि जनकपुर लग्दै गर्दा उनको बाटोमै मृत्यु भएको हो । उप्रेती पूर्व माओवादीबाट वडाध्यक्ष चुनिएका थिए ।




