भाटभटेनी सुपरमार्केटलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।
एमआरपीभन्दा बढी मूल्य लिएको पाइएपछि विभागले सोमबार जरिवाना गरेको हो । १ सय २० रुपैयाँ पर्ने लाखमरीलाई २ सय २० रुपैयाँमा बिक्री गरेको पाइएको विभागलेजनाएको छ । विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३ लाख जरिवाना गरिएको जानकारी दिए ।




