समाचार

रेडियो नेपालका कार्यकारी निर्देशक र समाचार प्रमुखलाई सोधियो स्पष्टीकरण

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँगको अन्तर्वार्ताको विषयमा सञ्चार तथा सूचना मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की र समाचार प्रमुख नवराज लम्सालसँग स्पष्टीकरण सोधेको छ । सञ्चार सचिव दीपक सुवेदीले कार्की र लम्साल दुवैलाई स्पष्टीकरण सोधिएको बताए । सोमबार रेडियो नेपालको अन्तर संवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रयोग गरेका शब्दको विषयमा मन्त्रालयले स्पष्टिकरण सोधेको हो । उनीहरुलाई ३ दिनभित्र जवाफ पेश गर्न भनिएको छ। कार्यक्रममा भट्टराईले सरकारलाई पंगु, निरंकुश… पुरा पढौ

हृदयघातबाट वडाध्यक्षको निधन

धनुषाको मिथिला नगरपालिका ७ का वडाध्यक्ष युवराज उप्रेतीको ह्रदयघातबाट मृत्यु भएको छ । ५५ वर्षीय उप्रेतीको मंगलबार हृदयघाटबाट निधन भएको मेयर हरिनारायण महतोले बताए । उनी मेयर र उपमेयरसँगै योजना निरीक्षण गर्न गएका थिए । अकस्मात बेहोस भएर ढलेका उनको उपचारको लागि जनकपुर लग्दै गर्दा उनको बाटोमै मृत्यु भएको हो । उप्रेती पूर्व माओवादीबाट वडाध्यक्ष चुनिएका थिए । पुरा पढौ

लायन्स पोखरा सुन्दर नगरीमा पदमबहादुर

लायन्स क्लब अफ पोखरा सुन्दर नगरीको लायन वर्ष २०२०÷२१ अध्यक्षमा पदमबहादुर ढकाल चुनिएका छन् । कोरोना कहरको समयमा सोमबार भएको क्लबको अनलाइन निर्वाचनबाट ढकाल अध्यक्ष निर्वाचित भएका हुन् । क्लबको प्रथम उपाध्यक्षमा रामेश्वर अधिकारी, द्धितीय उपाध्यक्ष धर्मबन्धु सुवेदी, तृतीय उपाध्यक्ष बाबुराम पाण्डे, सचिव सुशील लम्साल, कोषाध्यक्ष मोहन रानाभाट छन् । यस्तै मेम्बरसीप चेयर पर्सन टुकबहादुर थापा, पिआरओ दक्ष गुरुङ, कम्युनिकेसन अफिसर शुसान पौडेल, क्लब चियरपर्सन गोविन्दबन्धु सुवेदी र एलसिआइएफ कोअर्डिनेटरमा… पुरा पढौ

लकडाउन अवधि सार्वजनिक बिदा

सरकारले बन्दाबन्दी (लकडाउन)को अवधिलाई सार्वजनिक बिदा दिने भएको छ। राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको समयमा गरिएको लकडाउनको समयलाई सार्वजनिक बिदा भनिएको छ। सूचनामा भनिएको छ, ‘मिति २०७६ चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा जारी गरेको आदेश बमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएका तलब, भत्ता… पुरा पढौ

खगराजले दिए रुपामा राहत, महानगरको राहतकोषलाई ५० हजार

पूर्व स्वास्थ्यमन्त्री तथा कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सांसद खगराज अधिकारीले पोखरा महानगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् । अधिकारीले उक्त रकम पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरे । अधिकारीले लकडाउनका कारण कोही पनि भोको बस्नुपर्ने अवस्था आउन नदिन प्रभावकारी रुपमा राहत वितरणका लागि आग्रह गरे । अधिकारीको पहलमा रुपा गाउँपालिका वडा नं ६ रुपाकोटमा रहेका मुस्लिम समुदायका… पुरा पढौ

पौरखीले यसरी खुवाएको थियो सित्तैमा खाना (भिडियोसहित)

पौरखी स्वयम सेवा समूहले लकडाउनका कारण खाना खान नपाउने अवस्थामा पुगेकाहरुलाई खाना खुवाइरहेको छ । समूहले बिहान खाना पकाउने, त्यसपछि प्याकिङ गरेर सडकमा अलपत्र परेकालाई खाना खुवाउने गरेको छ । खानामा दाल, भात र तरकारी छन् । तयारी खाना प्याकिङ गर्दै विभिन्न ठाँउमा गासको अभाव झेलिरहेकालाई खुवाइएको समूहका सदस्य भानुभक्त अधिकारी बताउँछन् । १० दिनसम्म सञ्चालन भएको यो अभियानबाट १६ हजारभन्दा बढी ले खाना खाएका छन् । उनले ३ सय… पुरा पढौ

भाटभाटेनीलाई ३ लाख जरिवाना

भाटभटेनी सुपरमार्केटलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ । एमआरपीभन्दा बढी मूल्य लिएको पाइएपछि विभागले सोमबार जरिवाना गरेको हो । १ सय २० रुपैयाँ पर्ने लाखमरीलाई २ सय २० रुपैयाँमा बिक्री गरेको पाइएको विभागलेजनाएको छ । विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३ लाख जरिवाना गरिएको जानकारी दिए । पुरा पढौ

नेपाल राष्ट्रिय कर्मचारी संगठनले दियो स्वाब संकलन बुथ

नोभल कोरोना भाइरस परीक्षणका लागि राष्ट्रिय आविस्कार केन्द्रको सहकार्यमा नेपाल राष्ट्रिय कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बिभागीय कार्यसमितिले स्वाव संकलन बुथ निजामती कर्मचारी अस्पताललाई प्रदान गरिएको छ । सो अवसरमा सडक बिभागका महानिर्देशक इन्जिनियर केशबकुमार शर्मा, आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोख्रेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष हरि रावल , राष्ट्रिय आविष्कार केन्द्रको तर्फबाट ईडा शंकर ढकाल तथा निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक डा दीर्घराज आरसीले बोलेका… पुरा पढौ

पोखरा महानगरभरि प्रसूति सेवाका लागि सित्तैमा एम्बुलेन्स सेवा

देश लकडाउनमा छ । सवारी सधान चलेका छैनन् । सवारी चलाउन पास चाहिन्छ । कोरोना भाइरसका कारण प्रसुती सेवा लिन समस्या नहोस् भनेर पोखरा महानगरले निशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने निर्णय गरेको छ । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको कोरोना संक्रमण नियन्त्रण मुल समितिको सोमबार बसेको बैठकले प्रसूति सेवाका लागि अस्पताल जानुपर्ने गर्भबती महिलालाई निशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गर्ने निर्णय गरेको हो । कुनै पनि महिलाले प्रसुती सेवा समयमै… पुरा पढौ

पोखरा २८ मा दोस्रो चरणको राहत वितरण

पोखरा महानगरपालिका वडा नं. २८ मा दोस्रो चरणको राहत वितरण गरिएको छ । वाडका बिपन्न, असहाय, गरिब र ज्यालादारी गर्ने मजदुर गरी १६१ परिवारलाई राहत वितरण गरिएको हो । १ सय ८ परिवारलाई फुल प्याकेज र ५८ परिवारलाई हाफ प्याकेज राहत आइतबार वितरण गरियो । वडाभित्र नागरिक भोकै बस्नुपर्ने अवस्था सिर्जना नहोस् भनी पोखरा २८ मा जन्मी विभिन्न विभिन्न ठाउँमा रहेका मानिस र अन्य शुभेच्छुकबाट ऐच्छिक रकम संकलन गरी राहत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं