सोभित बस्यालको म्यूजिक भिडीयो खुशी फर्काइदेउ’ सार्वजनिक भयको छ । बस्याल नौ वर्षपछि पुनः साँगीतिक क्षेत्रमा कमब्याक भएका छन् । ‘कोरोना महामारीबाट विश्व आक्रान्त भएको बेला सकारात्मक भावना दर्शक श्रोतालाई सञ्चार गर्न यो गीत तयार भयो’ बस्यालले भने । गीतको रचना संगीत समेत उनले नै गरेका हुन् । उनलाई गायनमा प्राप्ती तुलाचनले साथ दिएकी छन् । गीतको म्युजिक भिडियो परिचय टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई उत्कृष्ट बनाउन सुरज श्रेष्ठले मेहनत गरेका छन् ।
अब भने साँगीतिक क्षेत्रमा निरन्तरता दिने उनको तयारी छ । पोखराका सञ्चार तथा कलाकारिता क्षेत्रमा आवद्ध झण्डै २५ जनालाई भिडियोमा देख्न सकिने सोभितले जनाए ।
चलचित्रमा अभिनयसमेत गर्न भ्याएका बस्यालले पोखराबाट निर्माण गरीएको डिजिटल चलचित्र ‘मार्केट’ र ‘पाप’ मा अभिनय सँगै कथा पनि लेखी पाप चलचित्रबाट राष्ट्रिय स्तरको डि–सिने अवार्डमा ‘सर्वोत्कृष्ट कथा अवार्ड’ जितेका थिए । बस्यालले २० वटा म्यूजिक भिडियो निर्देशन समेत गरीसकेका छन् ।
उनले अन्नपूर्ण म्यूजिक एवार्डमा वेस्ट म्यूजिक भिडीयो एवार्ड जितेका थिए । पछिल्लो समयमा परिचय नेटवर्क अनलाइनका सञ्चालक समेत रहेका उनी परिचय एडभर्टाइजिङ प्रालिका सञ्चालक हुन् । परिचय नेटवर्ककै प्रस्तुतीमा भिडियो निर्माण गरिएको हो ।




