रोल्पामा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ । बाख्रा चराएर फर्किदै गरेका बालबालिकाको विस्फोटमा मृत्यु भएको जनाइएको छ ।
त्रिवेणी गाउँपालिका वडा नम्बर ६ गैरीगाउँ भन्ने ठाउँमा भएको विस्फोटमा ज्यान गुमाउने सबै किशोर छन् । प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ५ ले घटनास्थलतर्फ प्रहरी पठाइएको जनाएको छ ।




