समाचार

पोखराको नागढुंगामा भीषण आगलागी (भिडियोसहित)

पोखरा ९ नागढुंगामा अहिले भीषण आगलागी भइरहेको छ । नागढुंगाको एक फर्चिचर र भैसी फार्ममा आगो लागेको हो । फर्निचरका धेरै सामान जलेका छन् भने भैसी फर्मका भैसीहरु भने निकालिएको छ । आगलागी भएको स्थान नजिकै पेट्रोल पम्प छ । यसले अझ जोखिम बढाएको छ । स्थानीय विजय पाठकले ग्याँस पड्किएर आगो लागेको आशंका गरे । लकडाउनका बाबजुद यहाँ हजारौंको भीड जम्मा भएको छ । सुरक्षाकर्मी र दमकल आगो निभाउन… पुरा पढौ

मनकारीबाट जुटाएर गरिबलाई राहत दिँदै पोखरा १७

भूगोल र जनसंख्या दुवै दृृष्टिले पोखरा महानगरको ठूलो वडा हो १७ । करिब ८० हजार मानिसको बसोबास रहेको वडामा करिब १ हजार सुकुम्बासी परिवार बस्ने गरेको वडा कार्यालयले जनाएको छ । कोरोनाको महामारी सुरु भएपछि चैत २७ गते महानगरले बाँडेको राहात सकिइसकेको छ । कामविहीन गरिब, मजदुर, विभिन्न क्षेत्रबाट पोखरामा आएर बसोबास गर्नेहरुलाई जीवन चलाउनै सकस परेपछि वडाले मनकारीहरुबाट सहयोग जुटाएर राहत वितरण गर्न थालेको छ । वडा कार्यालयले बिहीबार… पुरा पढौ

मस्जिदका धर्मगुरुलाई कोरोना संक्रमण

बाँकेका १ धर्मगुरुलाई कोरोना संक्रमण भएको छ । नेपालगञ्‍ज उपमहानगरपालिकास्थित एक मस्जिदमा रहेका धर्मगुरुको कोरोना रिपोर्ट पोजेटिभ आएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ड डा प्रकाशबहादुर थापाले जानकारी दिए । यहाँका धर्मगुरु र उनीहरुका सहयोगीको कोरोना परीक्षण गर्ने क्रममा ६० वर्षीय धर्मगुरुमा संक्रमण पुष्टि भएको हो । पुरा पढौ

बस्यालको म्यूजिक भिडीयो ‘खुशी फर्काइदेउ’ सार्वजनिक

सोभित बस्यालको म्यूजिक भिडीयो खुशी फर्काइदेउ’ सार्वजनिक भयको छ । बस्याल नौ वर्षपछि पुनः साँगीतिक क्षेत्रमा कमब्याक भएका छन् । 'कोरोना महामारीबाट विश्व आक्रान्त भएको बेला सकारात्मक भावना दर्शक श्रोतालाई सञ्चार गर्न यो गीत तयार भयो' बस्यालले भने  । गीतको रचना संगीत समेत उनले   नै गरेका हुन् । उनलाई गायनमा प्राप्ती तुलाचनले साथ दिएकी छन् । गीतको म्युजिक भिडियो परिचय टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई… पुरा पढौ

रोल्पामा बम विस्फोट, ४ को मृत्यु

रोल्पामा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ । बाख्रा चराएर फर्किदै गरेका बालबालिकाको विस्फोटमा मृत्यु भएको जनाइएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ६ गैरीगाउँ भन्ने ठाउँमा भएको विस्फोटमा ज्यान गुमाउने सबै किशोर छन् । प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ५ ले घटनास्थलतर्फ प्रहरी पठाइएको जनाएको छ । पुरा पढौ

पूर्वाधार र अनुमतिबिना अनलाइन कक्षा नचलाउनू

पोखरा पोखरा महानगरपालिकाले अनुमति लिएर र पूर्वाधार बनाएर मात्र अनलाइन कक्ष सञ्चालन गर्न आफ्नो क्षेत्र भित्रका विद्यालयहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउन लम्बिँदै गएपछि विद्यालयले आवश्वक प्रक्रिया र पूर्वाधार बिना नै अनलाइन कक्षा सञ्चालन गर्न थालेको भन्दै महानगरेको शिक्षा महाशाखाले पूर्वाधार बिना अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो । महानगर शिक्षा शाखाले बिहीबार महानगरभित्रका केही संस्थागत विद्यालयले आवश्यक प्रक्रिया र पूर्वाधार बिनै कक्षा… पुरा पढौ

प्रचण्डलाई गाली गर्ने ओली निकट पत्रकार पाठक पक्राउ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पत्रकार दीपक पाठक पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई सामाजिक सञ्जालमार्फत गाली गरेको अभियोगमा पाठकलाई बिहीबार बिहान प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनीमाथि विद्युतीय अपराध गरेको आरोप लगाइएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामाजिक सञ्जाल मार्फत जथाभावी गाली गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । रेडियो नेपालको बोर्ड सदस्य रहेका… पुरा पढौ

जिल्ला प्रहरी कार्यालय बागलुङमा आधुनिक प्रविधिको धारो

प्रोग्रेसिभ इन्जिनियर एसोसियसन नेपाल बागलुङ जिल्ला समितिको नेतृत्व र धौलागिरी क्षेत्रका इन्जिनियरहरुको विशेष सहयोगमा जिल्ला प्रहरी कार्यालय बागलुङमा आधुनिक प्रविधिको धारा निर्माण गरिएको छ । कोरोना भाइरस रोकथामका लागि बागलुङमा पहिलो पटक खुट्टाले चलाएर हात धुन मिल्ने सामग्री (फुड अप्रेड ह्यान्ड वास औजार) निर्माण गरिएको हो । बुधबार यो धारा जिल्ला प्रहरी कार्यालय बागलुङलाई हस्तान्तरण गरिएको छ । यसको निर्माणमा इन्जिनियरहरु खिमानन्द कँडेल, जनकराज पन्त, प्रमोद शर्मा, दीपक थापा, निरज… पुरा पढौ

स्थानीय तहहरु बजार व्यवस्थापनभन्दा राजनीतिमै केन्द्रीत भए : कोइराला

महासंकटमा पनि स्थानीय सरकारहरु बजार व्यवस्थापन, अनुगमन, उत्पादन वृद्धिलाई प्रोत्साहन गर्नुभन्दा राहत वितरण र भोटको राजनीतिमै लागेको उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले बताएका छन् । उनले कानुननले दिएका अधिकार प्रयोग गरी बजार अनुगमन, आपूर्ति व्यवस्था हेर्न अधिकांश स्थानीय तहले वेवास्ता गरेको कोइरालाको भनाइ छ । नेपालदुत डटकमसँग कुरा गर्दै उनले स्थानीय सरकारहरु र प्रदेशबीच पनि समन्वय कम देखिएको उल्लेख गरे । गण्डकी प्रदेशमा कम्तीमा १ महिना पुग्ने खाद्यान्न स्टक… पुरा पढौ

अनलाइनबाट बालबालिकालाई सिकाउँदै क्रिस्टल इन्टरनेसनल मन्टेश्वरी

क्रिष्टल इन्टरनेसनल मण्टेश्वरी किण्डर वल्डमा मंगलबारबाट अनलाइन कक्षा सुरु भएको छ । कोराना संक्रमणबाट मानव अस्तित्व जोगाउन व्यक्तिगत दुरी कायम राख्नुपर्ने अवस्थामा बच्चालाई निरन्तर सिकाई प्रक्रियामा सहभागी गराउन अनलाइन कक्षा चलाइएको हो । साना बाबुनानीलाई यस प्रबिधिबाट पढाउन केही असहज भए पनि अहिलेको समय प्रबिधिमैत्री भइसकेकाले र जागरुक अभिभावकको साथले यो सम्भव भएको मन्टेश्वरीकी डाईरेक्टर रिना पौडेलले सुनाइन् । उनले बालमैत्री वातावरणमा वैज्ञानिक तवरले शिक्षा प्रदान गरिरहेको मन्टेश्वरीले महासंकटमा पनि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं