आइतबार बिहान पोखरा २० मझुवा, भलाममा एक कामदार मृत फेला परेका छन् । बिहान करिब ७ बजे ओखलढुङ्गा जिल्ला, सुनकोशी गाउँपालिका ५ मुलखर्क घर भएका ५५ वर्षीय टंकबहादुर लामा तामाङ मृत फेला परेको प्रहरीले जनाएको छ ।
मझुवा भलामको गोरेटो बाटो बनाउने काम गर्ने टंक काम गर्ने ठाउँमै पाल हालेर सुतेका थिए । सुत्ने ठाउँमै टंक मृत फेला परेको र प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।




