आउट अफ द वल्र्ड वेबिनार सम्पन्न

बिज्ञान शिक्षक समाज नेपाल, गण्डकी प्रदेश तथा पोखरा एस्ट्रोनोमिकल सोसाईटीको सहकार्यमा आउट अफ द वल्र्ड नामक एक दिने वेबिनार प्रशिक्षण सोमबार भएको छ ।

कार्यक्रममा सामाजिक बिकास मन्त्री नरदेवी पुनले बिज्ञान क्षेत्रको बिकासमा बिज्ञान शिक्षक समाज नेपाल, गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रम निकै प्रभावकारी हुने अपेक्षा गरिन् । उनले आगामी दिनमा समाजले थालेका उपलब्धीमूलक कार्यमा सहकार्य गर्ने प्रतिवद्धतासमेत जाहेर गरिन् ।
कार्यक्रम एवं बिज्ञान शिक्षक समाज नेपाल, गण्डकी प्रदेशका अध्यक्ष राजकुमार ढकालले समाजले अहिलेको अवस्थामा बिध्यार्थी, शिक्षक, अभिभावक र आम जनसमुदायका लागि स्यानिटाइजर बनाउने तरिकाका साथै अन्य सचेतना अभिबृद्दिका लागि हाल सम्म २९ वटा डिजिटल सामाग्री निर्माण गरि प्रसारण गरेको जानकारी दिए । उनले आगामी दिनका बिध्यालय खुलेपछि हरेक बिध्यालयमा स्यानिटाइजर निर्माण गर्ने, बिध्यार्थिलाइ मनोबैज्ञानिक परामर्श दिने साथै त्यसका लागि स्थानिय तहहरुसँग समन्वय गर्ने योजना सुनाए ।

पूर्व बिज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले बिज्ञान शिक्षक समाज नेपालले बर्तमान विषम परिस्थितिमा पनि निकै सकारात्मक कार्य गर्दै आइरहेको उल्लेख गरे । सो कार्यक्रममा कोरोना भाईरसले पारेको प्रभाव र असरबारे केन्द्रित रहि केन्द्रले कोभिड १९ क्याम्पेनबारे जानकारीसहितको छलफल चलाएको थियो ।

छलफलमा केन्द्रीय अध्यक्ष खिलकुमार प्रधान, सचिव मनोज आचार्य, कोषाध्यक्ष देबेन्द्रकुमार कर्ण, सूचना अधिकारी डम्बरुप्रसाद पोखरेल, ईन्द्रलोचन चौधरी, गोपी पौडेल, केन्द्रिय सदस्य र सातै प्रदेशका अध्यक्षको सहभागिता थियो ।

जुम एपमार्फत गरिएको वेबिनारमा ९७ बिज्ञानकर्मिहरुको सहभागिता थियो । कार्यक्रमको संचालन गण्डकी प्रदेशका सूचना संयोजक सुदीप आचार्यले गरेका थिए । पोखरा एस्ट्रोनोमिकल सोसाईटीका अनुसन्धानकर्मि अभियान्ता महेश ठकुरी र सबिन गौतमले अन्तरिक्षसम्बन्धी महत्वपूर्ण जानकारीसहितको प्रस्तुतीकरण राखेको कार्यक्रममा यसबारे अन्तरक्रियासमेत भएको थियो ।