बाघमारा बहुउद्देश्यीय सहकरी संस्था पोखरा ३३ भरतपोखरीले शनिबार ८ औं वार्षिकोत्सव मनाएको छ ।
सहकारीले पोखरा १७ सीतापाईलास्थित पोखरा बृद्दाश्रममा खाधन्न, फलफूल र हरियो तरकारी बितरण गरेको कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी कोप्सका अध्यक्षसमेत रहेका संस्थाका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचायले बाघमारा सहकारीले बित्तिय कारोबारका साथै सामाजिक उत्तरदायित्वको सबालमा पनि उदारणीय काम गर्दे आएको बताए ।
जिल्ला बचत संघ कास्की अध्यक्ष भेषराज बरालले कोरोना भाईरस कोभिड १९ संकटबाट सहकारीको तरलता ब्यबस्थापनमा जोखिम रहेकोm, सहकारी संचालनमा पनि आथिँक कारोबारको गतिविधिमा समेत प्रभाब देखिएता पनि बिपदको समयमा शेयर सदस्य केन्द्रीकृत लाभका कार्यक्रम सञ्चालन गरिनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा संस्थाका सचिब नन्दलाल काफ्ले, लेखा समिति संयोजक तुलसीमणि अधिकारी, शिक्षा समिति संयोजक प्रकाश अधिकारी, कोषाध्यक्ष बेलबहादुर कार्की, ब्यबस्थापक लक्ष्मी लामिछानेले अधिकारी, सचिब नन्दलाल काफ्ले लगायतले बोलेका थिए ।




