पोखराको नागढुंगामा भीषण आगलागी (भिडियोसहित)

पोखरा ९ नागढुंगामा अहिले भीषण आगलागी भइरहेको छ । नागढुंगाको एक फर्चिचर र भैसी फार्ममा आगो लागेको हो ।

फर्निचरका धेरै सामान जलेका छन् भने भैसी फर्मका भैसीहरु भने निकालिएको छ । आगलागी भएको स्थान नजिकै पेट्रोल पम्प छ । यसले अझ जोखिम बढाएको छ ।

स्थानीय विजय पाठकले ग्याँस पड्किएर आगो लागेको आशंका गरे । लकडाउनका बाबजुद यहाँ हजारौंको भीड जम्मा भएको छ । सुरक्षाकर्मी र दमकल आगो निभाउन लागेका छन् । करिब १ घन्टाअघि सुरु भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन ।