रेडियो नेपालका कार्यकारी निर्देशक र समाचार प्रमुखलाई सोधियो स्पष्टीकरण

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँगको अन्तर्वार्ताको विषयमा सञ्चार तथा सूचना मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की र समाचार प्रमुख नवराज लम्सालसँग स्पष्टीकरण सोधेको छ ।

सञ्चार सचिव दीपक सुवेदीले कार्की र लम्साल दुवैलाई स्पष्टीकरण सोधिएको बताए । सोमबार रेडियो नेपालको अन्तर संवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रयोग गरेका शब्दको विषयमा मन्त्रालयले स्पष्टिकरण सोधेको हो । उनीहरुलाई ३ दिनभित्र जवाफ पेश गर्न भनिएको छ।

कार्यक्रममा भट्टराईले सरकारलाई पंगु, निरंकुश र भष्मासुर भनेका थिए।