मस्जिदका धर्मगुरुलाई कोरोना संक्रमण

बाँकेका १ धर्मगुरुलाई कोरोना संक्रमण भएको छ । नेपालगञ्‍ज उपमहानगरपालिकास्थित एक मस्जिदमा रहेका धर्मगुरुको कोरोना रिपोर्ट पोजेटिभ आएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ड डा प्रकाशबहादुर थापाले जानकारी दिए ।

यहाँका धर्मगुरु र उनीहरुका सहयोगीको कोरोना परीक्षण गर्ने क्रममा ६० वर्षीय धर्मगुरुमा संक्रमण पुष्टि भएको हो ।