लायन्स क्लब अफ पोखरा सुन्दर नगरीको लायन वर्ष २०२०÷२१ अध्यक्षमा पदमबहादुर ढकाल चुनिएका छन् । कोरोना कहरको समयमा सोमबार भएको क्लबको अनलाइन निर्वाचनबाट ढकाल अध्यक्ष निर्वाचित भएका हुन् ।
क्लबको प्रथम उपाध्यक्षमा रामेश्वर अधिकारी, द्धितीय उपाध्यक्ष धर्मबन्धु सुवेदी, तृतीय उपाध्यक्ष बाबुराम पाण्डे, सचिव सुशील लम्साल, कोषाध्यक्ष मोहन रानाभाट छन् । यस्तै मेम्बरसीप चेयर पर्सन टुकबहादुर थापा, पिआरओ दक्ष गुरुङ, कम्युनिकेसन अफिसर शुसान पौडेल, क्लब चियरपर्सन गोविन्दबन्धु सुवेदी र एलसिआइएफ कोअर्डिनेटरमा शिव थापामगर छन् ।

क्लस्टर चिफ महेश पौडेल, जोन चेयर पर्सन शोभाकर भण्डारी, कमिटी चेयर पर्सन शिव थापामगर, रिसेन्ट प्रिसिडेन्ट यज्ञराज पौडेल लगायत अनलाइन निर्वाचनमा सहभागी थिए ।
नवनिर्वाचित अध्यक्ष ढकाललले महामारी फैलिएको समयमा लायनवादको आदर्श अनुसार काम गर्ने प्रतिवद्धता गरे ।




